ताजा अपडेट »

बिग्रेको देशलाई बनाउन खेल क्षेत्रले सहयाेग गर्छ : ओली

आइतबार, ०५ मंसिर २०७८, १६ : ५४
4 Shares

काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेल क्षेत्रले बिग्रेको देशलाई बनाउन सहयोग गर्ने बताएका छन् । नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले उनले खेलले मानव शरीरलाई स्वस्थ बनाउन मद्दत गरेजस्तै बिग्रेको देशलाई पनि खेल क्षेत्र सुधार्ने र बनाउने काम गर्ने बताए । 

‘फिजियोथेरापीले नचलेको हात चलाउँदो रैछ, नचलेको हात चलाउँदो रैछ, दुखेको ढाडलाई निको बनाउँदो रैछ’, उनले भने, ‘खेलले बिग्रेको देशलाई पनि बनाउँछ । विवाद भएको देश आफ्नो खेलाडी टिमलाई पठाउने गरेको छ ।’ 

मस्तिष्कमा पर्याप्त अक्सिजन नपुगे ऐँठन हुने भन्दै उनले शरीरका अंगमा पर्याप्त अक्सिजन पुर्‍याउन खेल र व्यायामले सहयोग गर्ने बताए । 
यसर्थ खेल मानव स्वास्थ्यका लागि अतिआवश्यक रहेको उनको भनाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।