१६ माघ २०७९, सोमबार

Jan 30, 2023

भैरहवा । उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श) रुपन्देहीको आयोजना तथा आन्तरिक राजस्व कार्यालय भैरहवाको संयोजनमा भैरहवामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दशौं राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह–२०७८ को अवसरमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक केशवराज ज्ञवालीले बताए ।

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृृत मुक्तिराम आचार्यले राष्ट्रको विकासमा करको योगदान रहेको बताए । प्रमुख कर अधिकृत आचार्यले विभिन्न कार्यक्रमका साथ यस वर्ष राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह मनाइने बताए । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले कर प्रशासन थप जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताए । उनले कर तिर्ने वातावरणको सिर्जना गरी करदाताको सम्मान हुनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी चेम्बर अफ कमर्शका महासचिव जे.पी. कंडेल, उद्योग व्यापार संगठन रुपन्देहीका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्री, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, सिद्धार्थ यातायात प्रा.लि.का अध्यक्ष सुर्य कुमार सारु मगर, देवदह चेम्बर अफ कमर्शका अध्यक्ष कोष बहादुर गुरुङ, नेपाल अडिटर्स एशोसियसन लुम्बिनी प्रसादका अध्यक्ष गोविन्द प्रसाद रेग्मी लगायतले बोल्दै कर प्रशासनले कर शिक्षा दिने समयको रुपमा कर सप्ताहलाई लिएको बताए । कार्यक्रममा सहभागि उद्योगी व्यवसायीले करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए ।

यस्तै कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत गोपाल गिरीले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक केशवराज ज्ञवालीको स्वागत, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि :सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ यस वर्ष दशौं राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह २०७८ मनाइँदैछ ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु