१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

राजनीतिक समस्या, आर्थिक समस्या, बेरोजगारका समस्या, जातिय विभेदका समस्या, स्वतन्त्रताका समस्या, भ्रष्टाचारका समस्याको साथै अराजकता र अनुशासनहिनताका समस्या त हामिकहाँ विद्दमान छदैं थिए । त्यस्को साथसाथै अर्को एउटा समस्या पनि हामिकहाँ थपिएको छ, त्यो भनेको बिहेवारी र प्रेम बारेको समस्या । समाज परिवर्तनको क्रममा हाम्रो समाज आर्थिक दृष्टिले सामन्तवादी उत्पादन प्रणाली र पुँजिवादी उत्पादन प्रणाली बिचको संक्रमणमा रहेको छ भने विवाह र प्रेमको सम्बन्धमा पनि संक्रमण कालको स्थितिबाट हामि गुज्रिरहेका छौं ।

Advertisement

यतिबेला न त मागी विवाह न त प्रेम विवाहको बिचमा हामी रहेका छौं । सञ्चार, यातायात, क्याम्पस, कलेज र नोकरीहरुमा छोरिहरुको बढ्दो उपस्थिति र भेटघाट, फेसबुक तथा मोबाइलमा हुने बाक्लो उपस्थितिले गर्दा प्रेम बस्न सक्ने प्रशस्त सम्भावनाहरु रहेका छन तर समाजको पुरानै चेतनाले गर्दा उनिहरुको त्यो पवित्र प्रेमको बिचमा धर्म, योग्यता र वर्ग हैसियत अवरोध बन्ने गर्दछ जस्ले गर्दा उनिहरुको त्यो पवित्र प्रेम विवाहमा उपान्तरण हुन सक्दैन । भइहाल्यो भने पनि ती सूचकांकहरु मेल खाएका छैनन भने नातागोता र परिवारले स्वीकार नगर्दा ती विवाहहरु बिचमै असफल हुने गरेका छन ।

यो समस्या जनजातीहरुमा अत्यन्तै न्यून रहेको छ । यो विषय अर्थात प्रेम र विवाहको सम्बन्धमा जनजातिहरु हामि खस आर्य भन्दा प्रगतिमा रहेका छन । उनिहरुमा केटाकेटिले रोजेर गरिएको विवाह वा प्रेम अभिभावकलाई मन परेन भने बढिमा केही वर्ष ढोगभेट रोकिने कुरा मात्र हो । बाँकी सबै ठिकठाक अगाडि बढ्दछ । दुई तिनवटा छोराछोरी जन्माइ सकेपछि पनि दुलाहा वा दुलही बन्ने लगन जुर्न सक्दछ, कुरा त्यत्ती मात्र हो ।

खासगरी हामी बाहुन, क्षेत्री, ठकुरिहरुमा यो समस्या अलि जटिल प्रकृतिको छ । यतिबेला पच्चिस तीस वर्ष उमेर समुहको हालको छोरा र छोरीको तथ्यांक निकाल्ने हो भने छोरिहरुको भन्दा छोराहरुको संख्या बढी भएको जस्तो देखिन्छ । मेरो विचारमा यसो हुनाको कारण बाईस पच्चिस वर्ष अगाडि गर्भमा छोरि छन भने गर्भमा भूण हत्या गर्ने चलन अत्याधिक मात्रामा थियो । त्यही कारणले त्यो उमेर समुहका छोरिहरु जन्मन नै पाएनन कि जस्तो मलाई लाग्दछ । त्यसैले यतिबेला त्यो उमेर समुहका छोराहरुको संख्या बढी देखिएको छ ।

यो विवाह सम्बन्धी समस्या भारतमा पनि गम्भीर रुपमा देखा पर्यो, त्यसैले तपाईं दिल्ली, कलकत्ता वा बम्बइबाट प्रकाशित हुने दैनिक पत्रीकाहरुमा वधुको आवश्यकता वा बरको आवश्यकता भनेर पचासौं केटा र केटिको नाम, उमेर, योग्यता, गोत्र र उचाइ सहितको विज्ञापन गरेको देख्नुहुन्छ भने प्रत्येक सहरहरुमा पचासौं म्यारिज ब्युरोका अफिसहरु खुलेको हामी देख्दछौं । तर हामिकहाँ भने यी दुबै ब्यवस्था छैन तर युवा युवतिको उमेर भने दिनानुदिन बढ्दै गइराखेको छ । समयमा वैवाहिक बन्धनमा नजोडिदा जिम्मेवारी बोध नहुने र बडि स्वतन्त्रताले गर्दा बिग्रने समस्या र मनोरोग समेत देखापर्ने स्थिती रहन सक्दछ ! यो उमेर समुहको जोडि कसरी मिलाउने हो सबैले चिन्ता गर्नुपर्ने अवस्था छ ।
अहिलेसम्म मैले पचास भन्दा बढी युवायुवतिको सम्बन्ध जोडिदिएको अनुभव छ । अधिकांशका घरजम भएका छन, माया प्रिति, छोराछोरी सबै ठिकठाकै चलेको छ, उनीहरुले एक कल फोन गर्ने जाँगर पनि गर्दैनन् तर एक दुइजनाको घरबार ठिकठाक बनेन वा सम्बन्ध सुमधुर भएन भने जीवनभर सम्बन्ध जोडिदिने ब्यक्ती नै दोषी भइरहने प्रचलन हामिकहाँ विद्दमान रहेको छ ।

यतिबेला थुप्रै अभिभावकहरुले छोराछोरीको विवाह गरिदिनको लागि अनुरोध गर्नुभएको छ । उहाँहरुको भनाइ राम्रो कुल, राम्रो खान्दान, राम्रो स्वभाव भएकी कन्या अथवा राम्रो स्वभाव भएको वरको ब्यवस्था गरिदिन भन्नुहुन्छ । यो कुरा त ठिकै छ , कुल पनि मिल्दोजुल्दो हेरौंला, धर्म अनुसार विषय मिल्ने नमिल्ने पनि हेरौंला, उमेर जागिर र पढाइ पनि हेरौंला तर सम्बन्धित ब्यक्ती भित्रबाट राम्रो छ कि खराब छ भन्ने कुरा कसरी थाहा पाउने ! मानिसको भित्रि स्वभाव नाप्ने यन्त्र विज्ञानले अहिलेसम्म विकास गरेको छैन । मेरा छोरिहरु मेरा लागि अत्यन्त राम्रा छन ।

आफ्ना छोरीहरु बाबू आमाको लागि राम्रै हुने गर्दछन किनकी उनिहरुको खास टक्कर बाबू आमा, दाजु वा मामाहरुसगँ परेको हुदैन । मेरा छोरी कस्ता छन भन्ने कुरा उसैलाई थाहा हुन्छ जोसगँ उनको सम्बन्ध जोडिएको हुन्छ । मेरो छोरा कस्तो छ भन्ने कुरा मलाई भन्दा बढी जानकारी मेरि बुहारीलाई हुने गर्दछ । मेरि श्रीमती उनका बाबा आमाका लागि अत्यन्तै राम्री छिन, तीन भाइकि एउटि बहिनी दाजुहरुको निम्ति पनि तिनी सार्है गतिली छन । वहाँहरुले आजसम्म पनि उनलाई मैयाँ भनेर सम्बोधन गर्नुहुन्छ ।

खासमा उनी कस्ति छिन त भन्ने कुरा मसगँ नै उनको टक्कर पर्ने हुनाले मलाई बढी अनुभव छ । यो कुरा मेरो लागि पनि साँचो हो, तपाईहरुको दृष्टिमा म सारै राम्रो देखिन्छु होला तर साँच्चै नै म कस्तो छु भन्ने कुरा उनलाई नै अर्थात मेरि श्रीमतिलाई नै बढी अनुभव छ । यो कुरा सबैको लागि सत्य हो । त्यसैले विवाह भनेको नेपालको सन्दर्भमा एक प्रकारको जुवा हो किनकी हामी कहाँ महिनौं छलफल गरेर सबै विषयहरुमा निष्कर्षमा पुगेर विवाह हुने गर्दैन । एउटै बाबुका छोरिहरु वा छोराहरु भनेर पनि हुँदैन । हामि छ बहिना दिदी भाइहरु छौं, एकको स्वभाव अर्कोसगँ मेल खादैन ।

विवाहयोग्य युवा युवतिसगँ मेरो आपत्ती यो कुरामा छ कि उमेर मिलेको हुनुपर्छ त्यो कुरा ठिक छ, पढाइमा विषय मिलेको हुनुपर्छ त्यो पनि ल ठिक छ, वर्गिय स्थितिको कुरा पनि ल ठिकै छ, यी सबैकुरा मेल खाइ सकेपछी अनि होचो, अग्लो, कालो, गोरो, नेप्टो, चेप्टोको विषय उठाएर पात्रलाई रिजेक्ट गर्ने कुरा पटक्कै राम्रो हुन सक्दैन । रुपमा सुन्दर भएकाहरु मात्रै चरित्रवान, लगनशील हुन्छन भन्ने कुरा पनि यथार्थतासगँ मेल खादैन ।

विवाहमा रुपको महत्व बारे यत्ती हो कि विवाहको एक महिनासम्म रुपको व्यापक चर्चा हुनेछ, सुन्दरताको बारेमा पनि प्रशंसा होला । विवाहपछि यदि रुपवान ब्यक्तिसगँ गुण र शिल स्वभाव यदि छैन भने त्यो रुप वा सुन्दरता फिका पर्दै जानेछ । मुख्य विषय चरित्र, शिलस्वभाव र गुणको कुरा हो । रुप भनेको क्षणिक हो र सहायक पक्ष हो । यो कुरा नयाँ पुस्ताका युवा युवतिले गम्भिरता पुर्वक बुझ्न आवश्यक छ ।

यतिबेला मसगँ पचास भन्दा बढी अभिभावकहरुले आफ्ना सन्ततिको लागि जोडि खोजिदिन अनुरोध गर्नुभएको छ । बडो मुस्किलसगँ अर्को अभिभावकसगँ कुरा गर्यो , उनलाई सहमतिमा ल्याउन पर्यो, उमेर, पढाइ, थर, नाता पर्ने वा नपर्ने, सबै कुरा हेरेर कुरा अर्को पात्रमा लग्यो । ती अर्को पात्रले युवा हुन वा युवतीले फेसबुकमा सम्बन्धित पात्रको फोटा हेरेर मलाई यो पात्र मन परेन अर्को खोज्नुहोला भनेर भन्ने गरेका थुप्रै दृष्टान्तहरु छन । उनिहरुमा अरु विषयको सूचकांक कस्तो छ भन्ने कुराको हेक्का नराख्ने, सुन्दरतामा मात्रै जोड दिने चिन्तन प्रणालीले काम गरेको देखिन्छ । यसरी अभिभावकहरुले उनको लागि खोजेको पात्रलाई पाँच सात ठाउँसम्म अस्विकृत गरेका घटनाहरु छन । त्यसले अभिभावकहरुलाइ निरासा बनाएको सन्दर्भ छ ।

प्रेमको परिभाषा नेपालको सन्दर्भमा अपुर्ण रहेको छ । हामिकहाँ स्वतन्त्रता पुर्वक प्रेम र प्रेमविवाहहरु अगाडि बढ्न सक्दैन । युरोप अमेरिकि मुलुकहरु भन्दा जसरी हामी उत्पादन प्रणालिमा पछाडी छौं, ठिक त्यसरी नै प्रेम र विवाहको सम्बन्धमा पनि विद्दमान उत्पादन प्रणालिले चेतनामा पारेको प्रभावका कारण स्वतन्त्रता पुर्वक प्रेम र प्रेमविवाहहरु आफ्नो उच्चतामा पुग्न सक्दैनन । प्रेम भन्ने कुरा योजना बनाएर गरिने कुरा होइन, यो आकस्मिकतामा संयोगले हुने कुरा हो । प्रेममा आकर्षण र भावना प्रधान रहेको हुन्छ र यदि त्यहाँ विवेक प्रयोग भएको छैन भने प्रेम र त्यसपछिको विवाह चिरस्थायी नहुन पनि सक्दछ किनकी प्रेममा वर्गिय हैसियत, धार्मिक विषय र जात विशेषको भुमिकाले परिवारमा पार्न सक्ने प्रभाव र समाजले हेर्ने दृष्टिकोणले समस्या उत्पन्न गर्न सक्दछ ।

हामी देख्दछौ कि धार्मिक बेमेलका कारण, आर्थिक बेमेलका कारण र जातविशेषका कारणले कैयौं जोडिहरुका प्रेम र प्रेम विवाहहरु असफल भएका र आत्महत्या र हत्या सम्म गरिएका घटनाहरु विद्दमान रहेका छन । त्यसैले प्रेममा रिस्क उठाउनु पर्दछ भन्ने कुरा गरिरँहदा नेपालको उत्पादन सम्बन्ध र त्यसले निर्धारण गरेको चेतनालाई पनि ध्यान दिएर भावनाको साथै विवेकको प्रयोग गर्दा दुर्घटनाबाट प्रेमलाइ बचाउन सकिन्छ ।

अतः मेरो नयाँ युवायुवतिहरुसगँ अनुरोध यो कुरामा छ कि उनको नजरमा कोहि केटा वा केटि आइपुगेको छ र दुबैको मन परेको छ भने प्रेममा रिस्क उठाउनै पर्छ, हिम्मत गरौं । खुलेर अभिभावकसगँ आफ्नो कुरा राखौं, सहमती आएन भने प्रेमलाइ बचाउने बिकल्पहरु खोज्ने साहस गर्नै पर्दछ । होइन कतै कहिँ केही कुरा छैन भने असी प्रतिशत कुरा अभिभावकको सल्लाहलाइ आत्मसात गरौं । जोडिहरुको सम्बन्ध धमाधम जोड्न सकिनेछ । होइन भने रामपुरकी दिदिको जस्तै अवस्था नहोला भन्न सकिँदैन ।

पाल्पामा एकजना पौडेल थरकी १२ सालमा जन्मिएकी म भन्दा एक वर्ष जेठि दिदी रुपमा अत्यन्तै सुन्दर, कद पनि त्यत्तिकै राम्रो तर उनको विवाह भएको थिएन । जन्म घरमै थिइन । मैले एकदिन उनको दाजुसगँ सोधे कि “दाजु ! दिदिको विवाह किन नगरिदिनु भएको ?“ दाजुले भन्नुभयो “हेर्नुस सर ! यिनको विवाह गर्ने उमेरमा बिसभन्दा धेरै ठाउँबाट यिनलाई माग्न आएका थिए, बहिनिले कसैलाई पनि मन पराइनन, उमेर पनि ढल्यो । माग्न आउन पनि छोडे, विवाह पनि भएन । “आवश्यकताभन्दा बढी स्मार्ट बनियो भने पाल्पाकी दिदिको जस्तो स्थिती हुन सक्दछ । सबैले ध्यान पुराउनु पर्ला । सचेतनाको लागि मैले यसरी सोचें । सबैले यसरी नै सोच्दा राम्रो हुन्थ्यो कि ।

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ