ताजा अपडेट »

कांग्रेसको रुपन्देही क्षेत्र नम्बर ३ (क) मा सुरेन्द्रजंग बिजयी

आइतबार, ०५ मंसिर २०७८, १५ : ३२
6 Shares

भैरहवा । नेपाली कांग्रेसका १४ औं अधिवेशन अन्र्तगत रुपन्देहीमा सम्पन्न प्रदेश सभा क्षेत्रिय अधिवेशनको ३ (क) मा सुरेन्द्रजंग थापा बिजयी भएका छन् । विवाद मिले पछि सुरु भएको मतगणनामा उनले आफ्ना निकटतम प्रतिद्धन्द्धीलाई ३८ मतले पराजित गरेका हुन् । सभापति पदका लागी पुरन प्रसाद श्रेष्ठले १ सय ४० मत प्राप्त गरे भने सुरेन्द्रजंग थापाले १ सय ७८ मत प्राप्त गरेका छन् ।

मतदान अधिकृत माधव प्रसाद घिमिरेले दिएको जानकारी अनुसार उपसभापति पदमा गोविन्द प्रसाल बस्याल र बिरेन्द्रनाथ श्रीवास्तव बिजयी भएका छन् । उप–सभापति पदका लागी गोविन्द प्रसाद बस्यालले १ सय ६१ मत, बिरेन्द्रनाथ श्रीवास्तवले १ सय ७४ मत, सुभद्रा पौडेलले १ सय ३२ मत, र बाबुराम पौडेलले १ सय ३० मत प्राप्त गरे । यसै गरि सचिव पदको लागी नरेश बहादुर क्षेत्रीले १ सय ३९ मत, याम बहादुर थापा (माईला) ले १ सय ७२ मत, सुनिलराज विष्टले १ सय २५ मत र सुधा कुंवरले १ सय ६० मत प्राप्त गरेका छन् । सहसचिवमा चन्द्र बहादुर पुनले १ सय ३६ मत, टिका आचार्यले १ सय ३० मत, सरोजा सेन्चुरी(सलुजा)ले १ सय ७४ मत र सुभाष चन्द्र यादवले १ सय ४९ मत प्राप्त गरेको मतदान अधिकृत घिमिरेले जनाए ।

खुल्ला तर्फ प्रदेश अधिवेश प्रतिनिधि पदमा खगेन्द्र शर्मा १ सय ५० मत, डिल्लीराज अधिकारी १ सय ५७ मत, दिपक बहादुर कुंवर १ सय ६६ मत, दिपेन्द्र कार्की १ सय ६० मत, दिनेश गौतम १ सय ३९ मत, नारायण कण्डेल १ सय ६१ मत, प्रदीप थापा मरासिनी १ सय ५५ मत, प्रमानन्द सापकोटा (शिव) १ सय ५२ मत, बिशाल चौधरी १ सय ७४ मत, मोहन सिंह १ सय २० मत, राजन जंग राणा १ सय ५४ मत, राजाराम पाल १ सय मत, शान्त कुमार शर्मा १ सय४९ मत, र हेमराज पालले १ सय ३४ मत प्राप्त गरेका छन् ।

अधिवेश प्रतिनिधि खुल्ला महिला तर्फ गायत्री भट्टराई भुषाल १ सय ५६ मत, बिष्णु कुमारी कार्की १ सय २३ मत, मैया पाण्डे १ सय ३४ मत, राधादेवी नेपाल १ सय ३२ मत, रुपा थापा १ सय ७४ मत र शुष्माराज कर्णिकारले १ सय ४७ मत प्राप्त गरेका छन् । प्रदेश अधिवेश प्रतिनिधि खस आर्य तर्फ कमल भण्डारीले १ सय २९ मत, गोविन्द बहादुर खत्रीले १ सय ४१ मत प्राप्त गरे । यस्तै प्रदेश अधिवेश प्रतिनिधि आदिवासी जनजाती तर्फ चित्रा कुमारी रानाले १ सय २ मत र दिपेन्द्रमान श्रेष्ठले १ सय ७२ मत प्राप्त गरे ।

प्रदेश अधिवेश प्रतिनिधि मधेशी तर्फ कन्हैयालाल गुप्ता बनियाले १ सय ७ मत र राजकिशोर यादवले १ सय ६३ मत प्राप्त गरे भने मधेशी महिला तर्फ फुलमति यादवले १ सय ३१ मत र सिमा मल्लाहले १ सय ५७ मत प्राप्त गरे । यस्तै प्रदेश अधिवेश प्रतिनिधि दलित तर्फ किरन देवी सुनारले १ सय ३२ मत र बिक्रम बहादुर सुनारले १ सय ६१ मत प्राप्त गरेको मतदान अधिकृत माधव प्रसाद घिमिरेले जानकारी दिए ।
प्रदेश अधिवेश प्रतिनिधि मुस्लिममा मोहम्मद ईनायत निर्विरोध चयन भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।