१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

डडेल्धुरा । डडेल्धुरामा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिलाको संख्या बढ्दै गएको छ। परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहे पनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् ।

स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांकअनुसार जिल्लाभर परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिला बढ्दै गएका छन् । जिल्लामा एक सय दम्पतीमध्ये ३६  दम्पतीले परिवार नियोजनको साधन प्रयोग गरिरहेको स्वास्थ्य कार्यालय डडेल्धुराका परिवार नियोजन सुपरभाइजर भवानसिंह कुँवरले बताए । उनका अनुसार विगतका वर्षका तुलनामा दुई प्रतिशतले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिला बढेको हो ।

तर, परिवार नियोजनको अस्थायी साधन प्रयोग गरीरहेकाहरूले निरन्तर रुपमा नगर्ने समस्या देखिएको छ। ‘महिलाको आर्कषण बढी जसो पिल्स चक्की सेवन, डिपो तथा लामो जन्मान्तरको पाँच बर्षे साधनतर्फ बढ्दै गएको छ। असुरक्षित गर्भबाट  बच्न सहयोग तथा सन्तानको रहर पुगिसकेकाले परिवार नियोजका साधन प्रयोग गर्नुपर्ने आवश्यकता छ,’ उनले भने।  जिल्लामा स्थायी बन्ध्याकरण गर्ने महिलाको संख्या ७० देखि ८० को हाराहारीमा रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क प्रेम अचार्यलाई श्रद्धाञ्जली दिँदै तोसिमाले भनिन् : मृत्युमाथि राजनीति नगरौं दाङको टरिगाउँ विमास्थलमा सिता एयरले आज परीक्षण उडान गर्दै माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ, के आउला अन्तिम फैसला ?