२१ माघ २०७९, शनिबार

Feb 4, 2023

रामपुर । रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने ६० वर्षीय गोविन्दप्रसाद दुवाडीले दुई दशक बढीको समय बिरुवा उत्पादनमा बिताए । उमेर ढल्कदै जाँदा उनलाई यो व्यवसायबाट टाढा रहन पटक्कै मन छैन । विसं २०५५ देखि दुवाडीले निरन्तररुपमा आजसम्म बिरुवा उत्पादन गरिरहेका छन् । उनी करिब एक रोपनी जग्गामा हरेक वर्ष प्याज, काउली, बन्दा, गोलभेँडाका बिरुवा उत्पादन गर्छन् । उनी भन्छन्, “तरकारीका बिरुवा उत्पादन गरेको २४ वर्ष भइसकेछ, समय गएको पत्तो भएन, ग्राहकलाई बिरुवा बिक्री गर्दैमा दिन बितिरहेछ, समय बिताउने माध्यम र आयआर्जन गर्ने बाटो बनेको छ ।”

Advertisement

उनले गत वर्ष मात्रै बिरुवा बेचेर रु दुई लाखसम्म आम्दानी लिए । यस वर्ष पनि सोही बराबरको आम्दानी हुने उनको अनुमान छ । आफूले निरन्तर यो व्यवसाय गर्दै आए पनि अहिलेसम्म कहीँकतैबाट सहयोग भने नपाएको उनी गुनासो गर्छन् । “विशेषगरी धान बालीको उत्पादन सकिएपछि मङ्सिर पुसलाई लक्षित गरी नियमितरुपमा २४ वर्षअघिदेखि बिरुवा उत्पादन गरिराखेको छु, यसले समाजमा राम्रो पहिचान बनेको छ, दाम पनि राम्रै हात परेको हुँदा खुसी छु”, उनले भने ।

कुनै पनि तालिम नलिइ दुवाडीले काम गर्दै जाने क्रममा धेरै ज्ञान सीप अनुभव बटुल्दै व्यवसाय धाने । यस व्यवसायमा उहाँलाई श्रीमती मतिकलाले पनि सघाए । अहिले दुवाडी दम्पतीको दैनिकी बिरुवाको रेखदेख र बिक्रीमै बित्ने गरेको छ । बिरुवा उत्पादन हुनुभन्दा अघिदेखि नै विभिन्न स्थानबाट माग आउने गरेको मतिकला बताउँछन् ।

यहाँ प्याज रु दुईका पाँच वटा बिरुवा धमाधम बिक्री भइरहेका छन् । कृषक दुवाडीले पाल्पासहित काठमाडौँ, सिन्धुपाल्चोक, पोखरा, नारायणघाट, तनहुँ, स्याङ्जा, नवलपुरलगायत विभिन्न स्थानमा ग्राहकको मागअनुसार बिरुवा पठाउँछन् । रामपुरको बिरुवा राम्रो हुने थाहा पाएपछि यस वर्ष स्याङ्जाको गल्याङ नगरपालिका– ११ बस्ने सूर्य अधिकारी पहिलो पटक बिरुवा खरिद गर्न आए । उनी भन्छन्, “रामपुरको प्याजको बिरुवा राम्रो हुने भन्ने छिमेकी सबैले कुरा गरेको सुनेपछि म पनि पहिलो पटक यहाँ आएर बिरुवा खरिद गरेको छु, बिरुवा हेर्दा असाध्यै राम्रो देखेपछि आफूलाई मात्र नभई छिमेकी तथा आफन्तलाई पनि खरिद गरिदिएको छु ।”

यस्तै रामपुरकै रोजी खातुन पनि यहीँको नर्सरीमा उत्पादन भएको बिरुवा खरिद गरेर लगाउँछन् । उत्पादन राम्रो हुने भएकाले प्याज, काउली, बन्दाका बिरुवा खरिद गरेर लगाउने गरेको उनी बताउँछन् । “उत्पादन धेरै राम्रो हुन्छ, फल लागेन भन्नु पर्दैन, उन्नत जातको आफूले खोजेजस्तो बिरुवा पाइने हूँदा यहीँबाटै बिरुवा खरिद गरी घरमा लगाउने गरेको छु”, उनले भने ।

रामपुर–६ सातबिसे बस्ने लेखनाथ रेग्मीले पनि विगत सात/आठ वर्षदेखि निरन्तर बिरुवा उत्पादन गरेका छन् । प्याज, काउली, बन्दा, गोलभेँडालगायतका बिरुवा उत्पादन गरी एकयाममै रु ६० हजार आम्दानी लिने गरेको रेग्मी बताउँछन् । “मङ्सिरमा धानबाली उत्पादन लिएपछि सबैले प्याज, काउली, बन्दाका बिरुवा खोज्छन्, यो याममा बिक्री गर्न सहज र आम्दानी पनि राम्रो लिन सकिन्छ, घरको अन्य कामसँगै बिरुवा उत्पादनलाई पनि जोड दिने गरेको छु”, उनले भने ।

कृषक, कृषक समूह वा कृषि फार्मलाई नर्सरी स्थापनाका लागि प्लाष्टिक टनेल सिट, स्प्रेयर, साना कृषि औजार तथा उपकरण अनुदानमा उपलब्ध गराउँदै आएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए । “व्यावसायिक तरकारीका बिरुवा उत्पादन गर्ने कृषक वृद्धि हुँदै गएका छन्, नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत तथा वर्ण शङ्कर जातको तरकारीको बीउ कृषकलाई उपलब्ध गराउँदै आएको छ”, उनले भने । थोपा सिँचाइ, मल्चिङ प्रविधिमा कृषकको आकर्षण छ । कम लगानीमा घरमै बसी बिरुवाको व्यापारबाट कृषकले राम्रो आर्थिक लाभ लिइरहेका छन् । अन्यत्र विरुवा खरिद गरेर घरमा लगाउने कृषक हिजोआज आफैँले घरमा नर्सरीमा बिरुवा उत्पादन गर्ने गरेका छन् । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै