ताजा अपडेट »

सल्लाको रुखमा ट्री–हाउस , अवलोकन गर्नेको भिड

आइतबार, २६ असोज २०७६, १९ : ३८
42 Shares


असोज २६,
गुल्मी । सदरमुकाम तम्घास नजिकै पर्यटकीय गन्तव्य बनाउनको निम्ति निर्माण भएको ट्री–हाउसमा अवलोकनकर्ताको दैनिकजसो बढ्दै गएका छन् । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–७ को उनायचौरमा सल्लाको रुखमा ट्री–हाउस निर्माण गरिएको हो । गएको भदौबाट सञ्चालनमा आएको झण्डै २ महिनाको अवधीमा ट्री–हाउसले जिल्लामा र जिल्ला बाहिर चर्चामा कमाएको छ । सञ्चालनमा आएको केहि दिनबाटै दैनिक १ सय जनाले ट्री–हाउस अबलोकन गर्नको निम्ति पुग्ने गरेका थिए । तर यो संख्यामा हवात्तै बृदि भएको छ । दशैं तिहारको बिदा भएकाले स्कुलहरु पनि बन्द छन् र दशैं तिहार मनाउनको निम्ति बिभिन्न ठाउँबाट आएकाहरुको रोजाईमा ट्री–हाउस बन्न पुगेको छ । दशैंको टिकाको अर्को दिनबाट क्रमश दिनानु दिन अबलोकन गर्नेहरुको संख्यामा बृद्धि हुदै गएको छ । दैनिक १ सयबाट ४ सय ६ सय गरि एकै दिन १२ सयले सम्म अबलोकन गर्ने गरेको स्थानीय एवम् त्यस स्थलको संरक्षण रेखदेख र टिकट व्यवस्थापनको काम गर्दै आएका घनश्याम पन्थी बताए ।

ट्रि हाउस अवलोकनको निम्ति २० रुपैयाँ लिने गरिएको छ । त्यस स्थलको संरक्षण गर्नको निम्ति शुल्क लिने गरिएको समितिले जनाएको छ । बृद्धहरुको निम्ति निःशुल्क र बिद्यार्थीहरुको निम्ति छुटमा १० रुपैयाँ लिने गरेर अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ । ट्री–हाउसमा शनिवार र बिदाको दिन धेरै पर्यटकहरु पुग्ने गरेको स्थानीय एवं त्यस स्थलको संरक्षण रेखदेख गर्दै आएका पन्थीले बताए । पर्यटकीय क्षेत्र बनाउन निर्माण भएको ट्री–हाउस हेर्नको निम्ति बिभिन्न स्थानबाट अबलोकन कर्ताहरुको संख्यामा बृद्धि हुदै गएको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेयले बताए ।

नगरले बालकदेखि बृद्धासम्मलाई मनोरञ्जन लिने खालको पार्क र नगरकै उत्कृष्ट गन्तव्य बनाउन गुरु योजना बनाएर अगाडी बढाइने वडा अध्यक्ष पाण्डेयको भनाई छ । केहि रुपमा संरचना पूूरा भएपनि अरु धेरै उत्कृष्ट संरचना तयार गरेर नगरकै उत्कृष्ट घुम्न लाएक स्थल बनाउनको निम्ति काम अगाडी बढि रहेको वडा अध्यक्षले पाण्डेले बताए । प्रदेश नम्बर ५ वन मन्त्रालयको आर्थिक सहयोगमा उनाएचौरमा ट्री–हाउससँगै पर्यटकीय पार्क बनाइएको हो । सल्लाको रुखबाट तम्घास बजारसँगै बिभिन्न स्थानका दृश्य हेर्न सकिने गरि ट्री–हाउस बनाएको छ ।जिल्ला सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा पर्ने स्थलमा सवारीका साधनबाटै पुग्न सकिन्छ । सल्लाको रुखमा फलामको सिडी राखेर ४२ फिट अग्लो रुखमा बनाइएको घरबाट तम्घास बजारसँगै छिमेकी जिल्लाका बिभिन्न स्थलहरु हेर्न सकिन्छ ।


रुखमै निर्माण गरिएको घर यस क्षेत्रकै नयाँ र नौलो खालको घर रहेको अबलोकनका लागि पुगेका हिमाल कुँवरले बताए । उनले सबै पुगेको देखेर आफुपनि हेर्नको निम्ति पुगेको बताए । त्यस स्थल निकै रमाइलो लागेको कुँवरको भनाई छ । यसक्षेत्रमा रमाइलो दृश्य सहित निर्माण गरिएको ट्री–हाउससँगै अरु बिकासको पनि कमी रहेको अबलोकनमा पुगेका कुँवरले बताए । यसक्षेत्रको नयाँ खालको रहेकाले हेर्न आउनेहरुले निकै रमाइलो मानेको अबलोकन गर्न पुगेकाहरु बताउछन् ।

ट्रिहाउस अबलोकनमा लागि पुग्ने गरेकाहरु निकै रमाइलो र अनौठो खालको लागेको बताउने गरेका छन् । उनाएचौरमा रहेको खाली ठूलो चौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणको लागि पनि सम्भाव्यता अध्ययन गरिएको थियो । प्राबिधिक समस्या देखिए पछि सिमीचौरमा निर्माण भइरहेको छ । बिमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय ट्री–हाउस, खेल मैदान र पर्यटकीय पार्क बनेपछि स्थानीयहरु उत्साहित भएका छन् । त्यस स्थलको अबलोकनमा पुग्नेहरुले गर्दा नजिकै रहेका होटल तथा पसलहरुको व्यवसाय पनि बढेको व्यवसायीहरु बताउछन् । बिभिन्न क्षेत्रको आर्थिक सहयोगमा ट्री–हाउससँगै, पर्यटकीय पार्क बनाउनको निम्ति आर्थिक सहयोगमा बिभिन्न संरचना निर्माण गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।