१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

गुल्मी । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन छत्रकोट गाउँपालिकाको अध्यक्ष बिनोद न्यौपाने चयन भएका छन् । संगठनको शनिवार सम्पन्न दोस्रो अधिबेशनबाट न्यौपानेको अध्यक्षतामा सर्बसम्मत १७ सदस्यीय कमिटी चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रामचन्द्र बिक र इन्दिरा कंडेल पन्थ, सचिवमा बिष्णुप्रसाद भण्डारी, सह–सचिवमा लक्ष्मी न्यौपाने, कोषाध्यक्षमा बिष्णु उपाध्यय, सहकोषाध्यक्षमा कमला ज्ञवाली रहेका छन् ।

अधिबेशनमा छत्रकोट गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी, नेकपा एमाले छत्रकोट गाउँकमिटी अध्यक्ष पिताम्बर अर्याल, सचिव यज्ञ पाण्डे, शिक्षक संगठनका जिल्ला सचिव भूवन टण्डन, पूर्व अध्यक्ष होमनाथ कंडेल लगायतले नव निर्वाचित कमिटीलाई सफलताको शुभकामना दिएका थिए । नवनिर्वाचित अध्यक्षले पालिका भित्रका शिक्षकका हकहितको निम्ति काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु