१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्की प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा ७-९ मंसिरसम्म सञ्चालन हुने इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आईजीपी थापा आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

Advertisement

नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपाल प्रमुखसमेत रहेका आईजीपी थापा क्षेत्रीसँग महासभामा सहभागी हुन एआईजी प्रद्युम्न कुमार कार्की र एसपी सविन प्रधानसमेत त्यसतर्फ प्रस्थान गरेका छन् । उनीहरुलाई एआईजी निरजबहादुर शाही, डीआईजीलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे ।

१९४ इन्टरपोल सदस्य राष्ट्रका हेड अफ द एनसीबी तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रको वार्षिक प्रतिवेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीको निर्वाचन हुने, नयाँ सदस्यताका लागि आवेदन गर्ने देशका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने लगायतका कार्यक्रम रहेका छन् । यस वर्ष महासभामा इन्टरपोल सदस्यताको लागि दि फेडेरेटेट स्टेट्स अफ माइक्रोनेसियाले आवेदन गरेको छ ।

महासभामा इन्टरपोल तथ्यांक प्रशोधनको आवश्यकता, प्रहरी कार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखनजस्ता अपराध लगायतका विविध विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम हुनेछन् । साथै नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दक्षिण कोरिया र बंगलादेशसँगसमेत विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अनुपस्थितिमा एआईजी निरजबहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड