ताजा अपडेट »

म्यानमारलाई चीनद्धारा कोरोना विरुद्धको खोप सहयोग

आइतबार, ०५ मंसिर २०७८, १२ : ४२
4 Shares

यांगुन । म्यानमारलाई चीन सरकारले कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । पछिल्लो पटक यहाँ १० लाख मात्रा यो खोप पठाएको बताइएको छ । म्यानमारको सूचना मन्त्रालयले सो कुराको सूचना दिएको छ । चीन सरकारले अनुदानमा दिएको सो खोप शनिबार म्यानमारको यांगुन पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँ पछिल्लो पटक कोरोनाको प्रभाव पहिलेको भन्दा केही बढेको देखिएको अधिकारीहरुले जनाएका छन् ।

म्यानमार सरकारले यहाँ एक करोड भन्दा बढी व्यक्तिलाई कोरोना विरुद्धको खोपको पूर्ण मात्रा दिइएको छ । सूचना मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा यहाँका १ करोड ३ लाख नागरिकलाई यो खोप दिइसकिएको छ । यहाँ शनिबार ६२५ जनामा कोरोना संक्रमण भएको बताइएको छ । यो समेतगरी यहाँ पाँच लाख १७ हजार ३९५ जनामा यो भाइरसको संक्रमण देखिएको छ । यहाँ गएको २४ घन्टामा २४ जनाको यो संक्रमणबाट निधन भएको छ । यहाँ यो भाइरसबाट अहिलेसम्ममा १९ हजार भन्दा बढीको ज्यान गएको बताइएको छ । -सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।