१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

असोज २६,
काठमाण्डौं । चीनको सियान सिटी र नेपालको बुटवल नगरबीचमा भगिनी सम्बन्धको लागि सम्झौतापत्र आदानप्रदान भएको छ। नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका दुई नगरबीचमा भगिनी सम्बन्धको लागि सम्झौता गरिएको हो।

चीनको सियान सिटी चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सिको गृहनगर हो भने बुटवल नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको गृहनगर हो। यी दुवै नगर साँस्कृतिक तथा ऐतिहासिक रूपमा आ-आफ्नो देशमा महत्वपूर्ण मानिन्छन्। सियान चिनियाँ संस्कृतिले भरिपूर्ण नगर हो भने जितगढी, रामापिथेकस र नजिकै रहेको गौतमबुद्धको जन्मस्थल लुम्बिनीका कारण बुटवल ऐतिहासिक तथा पुरातात्विक सहर मानिन्छ। सियान सिटीका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सम्झौता पत्र आदानप्रदान गरेका हुन्।  दुई नगरबीचमा भगिनी सम्बन्ध स्थापित भएपछि एकअर्का सहरको संस्कृति आदानप्रदानमार्फत् पर्यटन विकासमा सघाउ पुग्ने विश्वास गरिएको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु पश्चिम नवलपरासीमा चाडपर्वसँगै बजार अनुगमन तिब्र