१६ माघ २०७९, सोमबार

Jan 30, 2023

चितवन । ठूलो सभाहल र खानाका कारण चितनमा आफूलाई चिनाएको दियालो फुडल्याण्डले चौँथो शाखा काठमाडौँका बालाजुमा सञ्चालनमा ल्याएको छ । दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईले चेन होटल सञ्चालनमा ल्याए । उनकै नेतृत्वको समूहले बालाजुमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । दियालो शेषमति बालाजुको नामबाट नयाँशाखा सञ्चालनमा आएको हो । सो शाखाका प्रबन्ध निर्देशक मिलन पाण्डेका अनुसार रु ६ करोड भन्दा बढीको लगानीमा शाखा खोलिएको हो ।

Advertisement

दश रोपनि भाडाका जग्गामा एक हजार ३०० अट्ने दुईवटा बैंकेट हल छन् । उनका अनुसार १५० क्षमताको रेष्टुरराँ छ । उनले भने, “हाम्रो दियालोको चार वटै शाखामा एकै प्रकारका उच्च गुणस्तरका खाना खुवाउँछौं ।” ट्राभल र टुरिजम क्षेत्रमा २५ वर्षको अनुभव सगाल्नु भएका पाण्डेले स्थानीयवासीको आवश्यकता अनुसार बालाजुमा दियालोको चौँथो शाखा खोलिएको जानकारीदिए ।

शाखाको सांसद भीमसेनदास प्रधान र पूर्व सांसद सुरेन्द्रराज पाण्डेले संयुक्तरुपमा शुभारम्भ गरे । माछा पोखरी बाइपासबाट करिब ६०० मिटर टाढा अवस्थित सो दियालो फुडल्याण्ड कोभिड अगाडिनै सञ्चालन गर्ने गरी काम गरिएकोमा महामारिका कारण अहिले सञ्चालमा ल्याइएको हो । दियालो समूहको पहिलो बैंकेट बसुन्धरा, दोस्रो बुटवल र तेस्रो चितवनमा छ । चितवनमा १९ कोठासमेत छन् । समूहको नेतृत्व गर्दै आएका चापागाईले निकट भविष्यमानै पोखरामा नयाँ शाखा खोल्ने बताए । देशका प्रमुख शहरमा बैंकेटको शाखा विस्तार गर्ने तयारी छ । चितवनमा दियालोको दुई हजार २०० जना अट्ने सुविधा सम्पन्न सभाहल रहेको छ । यो जिल्लाकै ठूलो हल हो । यसलाई दुई भागमा बाँढेर विवाह, भोजसँगै कार्यक्रम गर्न सकिन्छ ।

उनी रेष्टुरेन्ट र खानामा आफ्नो बैंकेट उत्कृष्ठ भएको दाबी गर्छन् । चापागाईंकै नेतृत्वको समूहले बत्तीसपुतलीमा अनुपम फुडल्याण्ड र सामाखुशीमा गोधुली फुडल्याण्ड सञ्चालन गर्दै आएको छ । भरतपुर महानगरपालिका–५ स्थायी घर भएका उनी यहाँको बालकुमारी कलेजबाट कानूनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेसँगै बेलायत पुगेका थिए । बेलायतमा समेत त्यहाँको तारे होटलका सेफ चापागाईले नेपाल फर्किएर बैंकेट क्षेत्रमा हात हालेका थिए । नेपालमा चापागाई बैंकेट क्षेत्रमा परिचित नाम हो । उनका सबै शाखामा एउटै मेनु र दररेट राखिएको छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु