१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरी गाउँकै सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत रहनुभएको छ । विद्यालयमा पाइने थोरै तलबले परिवारको खर्च धान्न निकै गाह्रो छ । विद्यालयबाट पाइने तलबले घरखर्च चलाउन मुस्किल भएपछि चौधरीले घरमै बङ्गुर र माछापालन व्यवसायलाई अँगाल्दै आएका छन् ।

Advertisement

दिउँसोपख चौधरी विद्यालयमा काम गर्छन् । विद्यालयमा बिदा भएपछि र विद्यालय सञ्चलन हुनुअघि घरमै बङ्गुर र माछापालनको कार्यमा व्यस्त रहँदै आएका छन् । चौधरीको बङ्गुरफार्ममा ११ वटा बङ्गुर पालिएका छन् । पन्ध्र कठ्ठा जग्गामा रहेको दुई पोखरीमा माछापालन गरिएको छ । माछापालन र बङ्गुरपालनका लागि चौधरीले गाउँको सहकारी र समूहबाट गरी रु छ लाख बढी कर्जा लिए ।

बङ्गुरफार्म निर्माण गर्न र बङ्गुरका पाठा खरिद गर्न मात्रै रु पाँच लाख लगानी गरिएको चौधरीले बताए । “माछापालनको कार्य पाँच वर्ष अघिदेखि नै गर्दै आएका हौँ”, चौधरीले भने, “बङ्गुरपालन गरेको एक वर्ष पुग्नै लागेको छ ।” वर्षमा माछा बिक्री गरेर रु तीन लाख जति आम्दानी हुने गरेको छ । दश महिनाको अवधिमा दुई बङ्गुर बिक्री गरेर चौधरीले रु ४० हजार आम्दानी गरे ।“बङ्गुरले पाठा दिन सुरु गरेपछि आम्दानी बढ्छ”, उनले भने, “एउटै पाठा रु तीन हजारदेखि चार हजारमा बिक्री हुन्छ । एउटै बङ्गुरले एक बेतमै छ देखि १० वटासम्म पाठा जन्माउने गर्दछ । फार्ममा पालिएका बङ्गुरमध्ये १० वटा पोथी छन् ।”

पोखरीमा पालिएका माछा गाउँमै रु ३५० प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । बङ्गुरका पाठा खरिदका लागि टाढाका व्यापारी फोनमार्फत सम्पर्कमा रहेको चौधरी बताउनुहुन्छ । विद्यालयबाट महिनामा चौधरीले रु १० हजार जति तलब थाप्दै आएका छन् । विद्यालयबाहेकको समयमा काम गरेर त्योभन्दा बढी आम्दानी हुने गरेको छ । चौधरी विद्यालय गएको बेला उहाँका श्रीमती रुपा चौधरीले बङ्गुर र माछापालनको कार्यमा सहयोग गर्गन्।

“माछा बङ्गुरलाई चारो खुवाउनेलगायत कार्य मैले दिउँसोको समयमा गर्छु”, रुपाले भने, “त्यसपछिको काम श्रीमानले हेर्दै आएका छन् । विद्यालयकै मुख ताकेर बसेको भए अतिरिक्त आम्दानी हुँदैनथ्यो ।” चार जनाको परिवारको खर्च सहजरूपमा चलेको उनी बताउँछन् । श्रीमानले खोलेको बङ्गुरफार्म र माछापालनसँगै रुपाले घरमा रहेको १० कठ्ठा जग्गामा तरकारी खेतीसमेत गर्छन् । तरकारी खेतीको कमाइबाट आउने रकम चौधरी दम्पती सहकारी र बैंकमा बचत गर्दै आएका छन् । तरकारी खेतीबाट वर्षमा रु दुई लाख जति आम्दानी हुने गरेको छ । बेलडाँडी गाउँका अन्य युवासमेत तरकारी खेती, बङ्गुर, कुखुरा र माछापालनको काममा संलग्न छन् ।

पहिला धेरै युवा रोजगारीका लागि निर्माण श्रमिकका रूपमा काम गर्न भारततर्फ जाने गरेका थिए । हाल गाउँमै व्यावसायिक काम गर्न थालेपछि भारततर्फ जाने युवाको सङ्ख्या पातलिँदै जान थालेको प्रगति महिला सामुदायिक वनका अध्यक्ष अमरबहादुर साउद बताउँछन् । “गाउँमै युवाहरू काम गरी स्वरोजगार भएका छन्”, उनले भने, “युवाका हौसला बढाउनका लागि स्थानीय तह, प्रदेश, सङ्घीय सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरी सहयोग गर्नुपर्छ ।” युवा बङ्गुर, माछापालन र कुखुरापालनमा संलग्न छन् भने महिला व्यावसायिक तरकारी खेती गरी आत्मनिर्भर भएको उनको भनाइ छ ।- रासस

प्रतिकृया दिनुहोस्

Flash News

दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु