ताजा अपडेट »

दुर्घटना न्यनिकरणका लागि अभिमुखीकरण

आइतबार, ०५ मंसिर २०७८, १० : ५८
4 Shares

बुटवल । सडक दुर्घटनामा निधन भएकाहरुको स्मृती दिवसका अवसरमा सुरक्षीत सवारी सञ्चालन सम्बन्धी अभियमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर महिनाको पहिलो आईतबारका दिन संयुक्त राष्ट्रसंघको आव्हनमा सडक दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा बिभिन्न कार्यक्रम तथा दीप प्रज्वलन गरी मनाउने गरीन्छ ।

नेपालमा सरकारी स्तरबाट कुनैपनि कार्यक्रम नगरीएपनि गैर सरकारी क्षेत्रबाट स्मृती दिवस मनाउने गरीदै आएको छ । विशेष गरेर दुई चक्के सवारी साधनका प्रयोगकर्ताहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा सहजीकरण गर्दै फेडेरेसन ईन्टरनेशनल डेला अटोमोवाईल एशिया प्यासिफीकका कोषाध्यक्ष गोबिन्द भट्टराईले दुर्घटना न्युनीकरणका नागरिकलाई सचेत गराउनु पर्ने बताए ।

भट्टराईले दुर्घटना न्युनिकरणका लागि यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताउदै त्यसका लागि नितीगत तहमा हुने लार्पवाही हटाउन नागरिकको भुमिका महत्वपुर्ण हुने बताए । आम नागरिकसंगै राज्यका सबै निकाय जिम्मेवार बनेमात्र सडकलाई सुरक्षित बनाउन सकिने उनले बताए । उनले सडक सम्बन्धी बनाईएका ऐन,नियमहरुको पालना गर्न सके मात्र मानिसको बाच्न पाउने अधिकारलाई सुनिश्चित हुने उल्लेख ।

सुरक्षित यात्रा अभियान नेपाल र रोटरी क्लव अफ तिनाउ बुटवलको आयोजना तथा यातायात मजदुर तथा ब्यवसायी भलाई कोष, रोटरी क्लव अफ क्यापिटल बुटवल, रोट्याक्ट क्लव अफ बुटवल डाउन टाउन, रोट्याक्ट क्लव अफ क्यापिटल बुटवल, रोट्याक्ट क्लव अफ तिनाउ बुटवल, रोट्याक्ट क्लव अफ लुम्विनी बाणिज्य क्याम्पस, रोट्याक्ट क्लव अफ रुपन्देही, रोट्याक्ट क्लव अफ बुटवल साउथ, रोट्याक्ट क्लव अफ सेन्टल रुपन्देही संगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

रोटरी क्लव अफ तिनाउ बुटवलका अध्यक्ष प्रतिमा भटराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले सहजीकरण गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।