ताजा अपडेट »

लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा गठबन्धन दललाई धाेका दिने संकेत

आइतबार, ०५ मंसिर २०७८, १० : २६
4 Shares

पाल्पा । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले पूर्व सहमति अनुसार नगई गठनबन्धन दललाई धोका दिने संकेत गरेका छन् । मुख्यमन्त्री हुनुपूर्व नेपाली काँग्रेस र नेकपा माओवादीले ८–८ महिना सरकारको नेतृत्व गर्ने सहमति भएपनि केसीले उक्त सहमतिलाई फरक ढङ्गले व्याख्या गर्न थालेका छन् ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री केसीले गठबन्धन दलहरु बीच सहकार्यमा सरकार चलाउने विषयमा सहमति भएपनि समयाबधिको बारेमा छलफल नभएको उल्लेख गरे । आलोपालोको विषयमा सञ्चारकर्मीहरुले राखेको प्रश्नमा उनले पाँच दलीय गठबन्धनको सरकार सहमतिमा सञ्चालन गर्ने भन्ने सहमति भएको तर कसरी कसले कति समय चलाउने भन्ने विषय नतोकिएको स्पष्ट पारे ।

तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको नेकपा एमालेको सरकार ढलाउन माओवादी र काँग्रेसले अन्य ३ दलको समेत साथ लिएर पालैपालो सरकारको नेतृत्व गर्ने सहमति गरे पनि उक्त सहमति अनुसार नहुने देखिएको छ । मुख्यमन्त्रीको उक्त प्रतिक्रियाले सरकारको नेतृत्व गर्न पालो कुरीरहेको सत्तारुढ दल नेपाली काँग्रेसलाई सशंकित बनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।