ताजा अपडेट »

वकिल र न्यायाधीशको हड्तालविरुद्ध सर्वोच्च अदालत घेराउ गरिने

आइतबार, ०५ मंसिर २०७८, १० : २५
16 Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा भइरहेको आन्दोलन र न्यायाधीशहरुको बेन्च बहिष्कारविरुद्ध सर्वोच्च अदालत घेराउ गरिने भएको छ ।

उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र नागरिकहरूले आइतबार आज विहान ११:३० बजे माइतीघर मण्डलामा भेला हुँदै अदालत घेराउ गर्ने भएका हुन् ।बार एसोसिएसन र सर्वोच्च अदालतमा भएको बेन्च बहिस्कार तथा बेथितिविरुद्ध माइतीघर मण्डलामा भेला भई सर्वोच्च अदालत घेराउ गर्ने उन्नत लोकतन्त्र पार्टीले जनाएको छ ।

यता प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागेर महिना दिनदेखि सुरु भएको बार एसोसिएसनको आन्दोलन पनि जारी छ । प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको इजलासमा नबस्न जोडदार माग गर्दै कालोपट्टी बाँधी विरोध तथा धर्ना कार्यक्रम विहान १० बजेदेखि सुरु हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।