ताजा अपडेट »

लुम्बिनीको दाङमा ब्राउन सुगरसहित आमाछोरा पक्राउ

आइतबार, ०५ मंसिर २०७८, १० : ०९
4 Shares

दाङ । दाङ तुलसीपुर प्रहरीले एक घरमा छापा मारि करिब २० ग्राम ब्राउन सुगरसहित आमा छोरालाई पक्राउ गरेको छ । शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नंं. ५ स्थित ३८ वर्षीया शुशीला श्रेष्ठको माईती घरमा छापा मार्दा सानो पुडिया ९९ थान र ठूलो पुडिया १ गरि १९ ग्राम ७१० मिलग्राम ब्राउन सुगरसहित शुशीला र उनका छोरा रोहन श्रेष्ठलाई पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरुले ब्राउन सुगर विक्री वितरणकालागि पुडिया बनाउदै गरेको अबस्थामा फेला पारिएको हो । शुशीलाको घर तुलसीपुर उपमहानगरपालिका- ६ स्थित विद्युत कार्यालयदेखि पछाडी रहेपनि हाल तुलसीपुर ५ मा बस्दै आएकी छन् । प्रहरीका अनुसार आमा छोरा नै ब्राउनसुगर कारोबारी हुन् । यो कारोबारमा उनका श्रीमान बसन्त श्रेष्ठको पनि संलग्नता रहेको भन्दै भन्दै अनुसन्धानकालागि खोजी कार्य जारी रहेको प्रमुख अर्यालले बताए ।

तुलसीपुरमै ठूलो परिमाणमा ब्राउन सुगर बरामद गरिएको हो । उनीहरुलाई पक्राउ गर्नुभन्दा पहिले तुलसीपुर बसपार्कबाट दुईजनालाई पक्राउ गरिएको थियो । ब्राउनसुगरको कारोबार भइरहेको सुचनाका आधारमा चेकजाँच गर्दा तुलसीपुर ५ बसपार्क निवासी २५ वर्षीय धिरज बुढाथोकीको साथबाट ५४० मिलिग्राम र बबई गाउँपालिका- ४ घर भई हाल तुलसीपुर ६ बरुवागाउँमा डेरा गरि बस्दै आएका प्रख्यात शाहको साथबाट २६० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।