ताजा अपडेट »

स्वर्गीय यदु सिलवालको पूण्यस्मृतिमा रक्तदान

आइतबार, ०५ मंसिर २०७८, ०८ : ४५
6 Shares

भैरहवा । स्वर्गीय यदु सिलवालमा प्रथम स्मृति दिवसमा नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगरले खुल्ला रक्तदान गरेको छ । नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगरका अध्यक्ष संगम न्यौपानेले कार्यक्रमबाट ५१ प्वाईन्ट रगत संकलन भएको जनाए ।

यस क्षेत्रमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको न्यौपानेले जानकारी दिए । उनले रक्तदान बारे सचेतना जगाउन पनि नियमित रक्तदान कार्यक्रमहरुको आयोजना गरिदै आएको बताए । नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगरका अध्यक्ष संगम न्यौपानेको अध्यक्षता, समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

संघका कोषाध्यक्ष सरीता रानाको स्वागत र सचिव वाई पि आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रमको संयोजन संघका उपाध्यक्ष उर्मिला सिलवालले गरेकी थिईन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।