ताजा अपडेट »

लुम्बिनीसहितका ७ प्रदेशमा कस्तो छ आजकाे मौसम ?

आइतबार, ०५ मंसिर २०७८, ०७ : १४
84 Shares

काठमाण्डौं । देशभर आज मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आइतबार विहान जारी मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने विभागले जनाएको छ । प्रदेश १ का केही स्थानमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ । 

राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने उल्लेख छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।