१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

खलङ्गा । जुम्लाको पातारासीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार दुर्घटना परेकामध्ये एकको मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका–७ रिनी निवासी ४६ वर्षीया दन्दकली बोहोरा रहेको अपस्तालले जनाएको छ । बोहोराको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुग्नु अगावै मृत्यु भइसकेको उपकुलपति डा मङ्गल रावलले जानकारी दिए।

यसैगरी दुर्घटनामा अन्य सातजना घाइते भएका छन् । घाइतेमध्ये दुई गम्भीर घाइते रहेका प्रतिष्ठानले जनाएको छ । गम्भीर घाइते एक महिला र पुरुषको ठेगानासमेत खुल्न सकेको छैन । पातारासी गाउँपालिका लासीबाट उर्थुतिर आउँदै गरेको ग१झ ५८८४ बलेरो पिकअफ दुर्घटना भएको घटनास्थलबाट फर्किएका सशस्त्र प्रहरी ३३ नं गणका एसपी गगन श्रेष्ठले जानकारी दिए । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी विजयाकुमारी साई समेत पुगेर फर्किएका छन् ।

प्रहरीका अनुसार अन्य घाइते हुनेमा पातारासी–३ का १९ वर्षीया रुपा बोहोरा, पातारासी–३ महरी गाउँका ४९ वर्षीय गोर्ख बुढा, पातारासी–३ माथी लोर्पाका ५२ वर्षीय सिंहरुप बोहरा, पातारासी–६ जम्नका छ वर्षीय पुस्कर विष्ट र पातारासी–७ रिनी बस्ने १० वर्षीय कमल बोहरा रहेका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारमा उपकुलपति रावलसहितको चिकित्सकीय टोली खटिएको छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु