ताजा अपडेट »

भारतीय ‘डिलाइट हाइटेक फर्निचर शो रुम’ नेपालमा

शनिबार, ०४ मंसिर २०७८, २१ : १८
6 Shares

बुटवल। भारतीय फर्निचर कम्पनी ‘डिलाइट हाइटेक’ को शो रुम नेपालमा पनि खुलेको छ । डिलाइट हाइटेक फर्निचरको नेपालको लागि आधिकरिक विक्रेता डिलाइट नेपाल हाइटेक प्रा.लि.ले उक्त शो रुम स्थापना गरेको हो । भारतमा चर्चित मानिने डिलाइट फर्निचरको शो रुम नेपालको संघीय राजधानी काठमाण्डौंमा शुभारम्भ भएको छ । काठमाण्डौं बबरमहल रोड,माइतीघरमा स्थापित शो रुमको शनिबार एक समारोहका बीच प्रसिद्ध योग गुरु स्वामी रामदेव र आयूर्वेद शिरोमणी आचार्य बालकृष्णले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

उद्घाटन अवसरमा बोल्दै स्वामी रामदेवले भारतीय उत्पादनले नेपालमा सजिलै मन जित्ने र बजार पाउने गरेको बताउँदै डिलाइटका उत्पादन पनि नेपालमा चाँडै नै लोकप्रिय बन्ने विश्वास व्यक्त गरे । सन् १९५७ देखि भारतीय बजारमा डिलाइट हाइ टेकका सामग्री उत्पादन तथा बिक्री–वितरण हुँदै आएका छन् । नेपालमा पनि बढ्दो फर्निचरको मागलाई मध्यनजर गर्दै हाइटेक डिलाइटका उत्पादनलाई भित्राइएको कम्पनीका अध्यक्ष दालप्रसाद श्रेष्ठले बताए ।

उनले डिलाइट हाइटेक उत्कृष्ट फर्निचर ब्राण्ड रहेको दाबी गर्दैे नेपाली बजारमा यो ब्राण्ड धेरैको रोजाइमा पर्ने आशा व्यक्त गरे। डिलाइट हाइटेकका फर्निचर सामान्य घर,कार्यालयदेखि उच्च स्तरका सबै किसिमका स्थान तथा क्षेत्रहरुका लागि प्रभावकारी हुने र जुनसुकै क्षेत्रका लागि आफूहरु सेवा प्रदान गर्न तत्पर रहेको कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र खनालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।