ताजा अपडेट »

गुल्मेली सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा डाः पन्थ

शनिबार, ०४ मंसिर २०७८, १९ : ४५
4 Shares

बुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । समाजको शनिबार सम्पन्न अधिवेशनले डाः नारायण प्रसाद पन्थको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । तिलोत्तमा–४ डिङ्गरनगरमा सम्पन्न समाजको १६औं साधारण सभा तथा छैटौं अधिवेशन–२०७८ बाट डाः पन्थको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति निर्वाचित भएको अधिवक्ता खडानन्द भण्डारीले जानकारी दिए ।

समितिको प्रथम उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी, द्धितिय उपाध्यक्षमा पारसमणी भण्डारी, उपाध्यक्षमा संगिता अर्याल,महासचिवमा कृष्णप्रसाद पोख्रेल,सचिवमा पुरुषोत्तम पाण्डेय,सह–सचिवमा शान्ता कंडेल, कोषाध्यक्षमा विजय खनाल,सह-कोषाध्यक्षमा अर्जुन कुँवर रहेका छन्।

त्यसैगरी सदस्यहरुमा शारदा अर्जेल, रविना भण्डारी खत्री,सरस्वती रायमाझी,लक्ष्मी कंडेल,गीता पाण्डे,सिर्जना मरासिनी,अर्जुन ज्ञवाली, राजेन्द्र कुँवर र भोजबहादुर खत्री रहेका छन्। साधारण सभा तथा अधिवेशन समाजका निवर्तमान अध्यक्ष इन्जिनियर हिराबहादुर भलामीको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य लिला गिरीको प्रमुख आतिथ्यतामा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।