ताजा अपडेट »

१८ वर्षीया किशोरी कांग्रेस प्रदेश प्रतिनिधि चयन

शनिबार, ०४ मंसिर २०७८, १६ : ०१
4 Shares

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन् । १८ वर्षकी रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् ।

प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिकृया दिएकी छिन् । अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने उनले बताइन । यस क्षेत्रबाट रक्षा मात्र सर्वसहमत प्रतिनिधि चयन भएकी हुन् । अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन भइरहेको छ । रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको कांग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।