ताजा अपडेट »

'छ माया छपक्कै'को दुइ दिने व्यापार : साढे तीन करोड बढी कलेक्सन्

आइतबार, २६ असोज २०७६, १४ : १०
2 Shares

असोज २६,
बुटवल। यस बर्षको प्रतिक्षित फिल्म ‘छ माया छपक्कै’ यही शुक्रबार रिलिज भयो । दशैंको अन्त्यतिर रिलिज यो फिल्मको व्यापारलाई लिएर व्यापक चर्चा थियो । फिल्म रिलिजसंगै यतिबेला व्यापारिक रिपोर्टको चर्चा भइरहेको छ । अभिनेता दीपकराज गिरीले यो फिल्मको व्यापार आश्चर्यजनक भएको बताएका छन् । रिलिजको पहिलो दिन शुक्रबारको ग्रस कलेक्सन १ करोड ५५ लाख आसपास रहेको बताएका उनले दोश्रो दिन शनिवारको कलेक्शन १ करोड ९० लाख आसपास रहेको बताए । जसमा उनि आफै सदस्य रहेको एफडि कम्पनीको रिपोर्टमा काठमाडौँ उपत्यका बाहिर ९० लाख देखिएको बताए । गिरीले दिएको रिपोर्टलाइ मान्ने हो भने अहिलेसम्मकै ठुलो दुइ दिने व्यापार हो । यद्यपि खास व्यापारिक रिपोर्ट भने आइसकेको छैन ।  

राजनैतिक विषयलाई उठान गरिएको यस चलचित्रलाई दर्शकले रुचाएका छन् । दीपेन्द्र लामाको निर्देशन रहेको यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ भने कथा दीपेन्द्र लामाको हो भने पटकथा दीपकराजले तयार गरेका हुन् । ‘आमा सरस्वती मुभिज्’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता रोहित अधिकारी हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।