ताजा अपडेट »

प्रचण्ड-विप्लव भेटवार्ताः के-के भयो कुराकानी ?

शनिबार, ०४ मंसिर २०७८, १५ : ०८
8 Shares

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ।

शनिबार बिहान महासचिव विप्लव खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।  स्रोतका अनुसार प्रचण्ड र विप्लवको भेटमा पूर्व माओवादी घटक एकता तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । दुई नेताबीच तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी बनेको खुमलटार स्रोतको दाबी छ। 

भेटमा पार्टी प्रवक्ता कृष्णबहादुर महरा पनि सहभागी थिए। पछिल्लो समय दुवै नेताहरुले सार्वजनिक कार्यक्रममा समेत एकता र सहकार्य गर्ने अभिव्यक्ति दिँदै आएका छन् । 

हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तत्कालिन सरकारले २०७५ फागुनमा विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो तर, त्यसको दुई वर्षपछि २०७७ फागुनमा सरकारसँग तीनबुँदे सहमति गरेपछि प्रतिबन्ध हटेको थियो । प्रतिबन्ध हटेलगत्तै महासचिव विप्लवले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।