१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

बुटवल । प्रदेश प्रतिनिधिको रुपमा उम्मेदवारी दिएका गृहमन्त्री बालकृष्ण खाँणका स्वकिय सचिव पराजित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश प्रतिनिधिको उम्मेदवारी दिएका विजेश न्यौपाने पराजित भएका हुन् ।

Advertisement

उक्त क्षेत्रमा रामचन्द्र पौडेल समूहको पुरै प्यानल विजयी भएको छ । बुटवल उपमहानगर र तिलोत्तमा नगरका विभिन्न वडा समेटेर बनेको क्षेत्र नम्बर २ (क) खाँणको बलियो पकड भनिएको क्षेत्र हो । यही क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाका स्वकीय सचिव समेत पराजित भएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार खड्कबहादुर महत नेतृत्वका अधिकांश उम्मेदवारले जित हासिल गर्दा देउवा समूहका दुई जना मात्र चयन भएका छन् ।

यस्तै, रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (ख) मा समेत खाँण पक्ष कमजोर देखिएको छ । यो क्षेत्रमा पनि पौडेल समूहका अधिकांश पदाधिकारी तथा सदस्य प्रतिनिधि चयन भएका छन् । यो क्षेत्रमा पौडेल समूहका पर्शुराम ढकालको प्यानल विजयी हुँदा देउवा समूहका रामेश्वर श्रेष्ठको प्यानल पराजित भएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ (क) मा भने देउवा पक्षको आक्रमणबाट पौडेल समूहका उम्मेदवारसहित कार्यकर्ता घाइते भएपछि मतगणना स्थगित भएको छ । क्षेत्र नम्बर ३ (ख) मा देउवा समूहका घनश्याम चालिसे नेतृत्वको पुरै प्यानलले जित हासिल गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर ४ (क) मा महामान्त्री शशांक कोइराला निकट शिवकुमार यादव र ४ (ख) मा कोइराला निकट नै श्रीराम यादव नेतृत्वको पुरै प्यानल निर्वाचित भएको छ । यस्तै, क्षेत्र नम्बर ५ (क) रामबहादुर थापा नेतृत्वको प्यानल विजयी भएको छ भने (ख) मा यसअघि नै निर्विरोध भइसकेको छ । दुवै क्षेत्रमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह पक्षका उम्मेदवार छानिएका हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड