ताजा अपडेट »

कांग्रेस रुपन्देही मतगणना स्थल आक्रमण : खाँण पक्षधरले पौडेल पक्षका उम्मेद्वारको ‘नाकको डाँडी भाँचे’

शनिबार, ०४ मंसिर २०७८, १० : ३८
4 Shares

बुटवल । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा भएको आक्रमणबाट सचिव पदका उम्मेदवार सैलेश पन्तको नाकको डाँडी भाँचिएको छ । पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन् । पन्तको नाकमा गहिरो चोटसहित नाकको डाँडी भाँचिएको छ । आक्रमणमा उनी लगाएत ५ जना घाइते भएका छन् ।

शुक्रबार सम्पन्न निर्वाचनको मतगणना स्थलमा कांग्रेस सभापति शेरबहादुर देउवा निकट बालकृष्ण खाँणका पक्षधर र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो ।विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट हुँदा उनको नाकको डाँडीनै भाँचिएको हो । घाइते उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणाना स्थगित भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।