ताजा अपडेट »

बुटवलमा गुञ्जियो समसामयिक सिर्जनाका स्वरहरू

शुक्रबार, ०३ मंसिर २०७८, १६ : ५१
16 Shares

बुटवल । नेकपा केन्द्रीय सदस्य भेसराज भुसालले वर्गविभाजित समाजमा साहित्य, कला र संस्कृति पनि वर्गीय हुने भन्दै श्रमिक जनताको राज्यसत्ता वैज्ञानिक समाजवाद प्राप्तिका लागि जनमत सङ्ग्रहको पक्षमा कलम चलाउन स्रष्टाहरूलाई आग्रह गरेका छन् ।

अखिल नेपाल लेखक सङ्घ, केन्द्रीय समितिले बुटवलमा आयोजना गरेको ‘समसामयिक सिर्जनाका स्वरहरू’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले समकालीन चेतना र वर्गीय दृष्टिकोण ज्ञान मापनको आधार भएको भन्दै श्रमजीवी वर्गको पक्षमा कलम चलाउनु समसामयिक सिर्जनाको सौन्दर्यचेत भएको बताए । उनले राजनीतिक क्षेत्रमा देखिएको गलत संस्कृतिलाई बदल्न साहित्यकारहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलिया, वरिष्ठ लेखक दिल साहनी, रामचन्द्र भट्टराई, ऋषिराम भुसाल, अजम्बरध्वज खाती, दलबहादुर गुरूङले बोल्दै स्रष्टाहरुले विचारलाई कलात्मक बिम्वमार्फत् व्यक्त गर्नुपर्ने बताउँदै श्रमिक जनताको पक्षमा कलम सशक्त हुनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा कविहरु ज्ञानु केसी, कृष्ण गाउँले, पारस राहादी मगर, साया सापकोटा, रूपा बुढा मगर, रुपसिंह विश्वकर्मा, पवन ज्ञवाली, नयन अर्याल, पदम कार्कीलगायतले वाचन गरेका थिए । सङ्घका महासचिव खोमा तरामु मगरको अध्यक्षता, बिहानी मगरको सञ्चालन र सङ्घका केन्द्रीय सदस्य ज्ञानु केसीको स्वागतमा कार्यक्रम भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।