ताजा अपडेट »

बम काण्डका आरोपी कांग्रेस सांसद आलम पक्राउ

आइतबार, २६ असोज २०७६, ११ : ५९
2 Shares

असोज २६,
रौतहट । प्रतिनिधिसभाका सांसद अफताव आलम पक्राउ परेका छन्। रौतहटको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। पहिलो संविधानसभाको अघिल्लो दिन आलमकै निवासमा भएको विस्फोटका विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले पुष्टि गरे।

बम बनाउने क्रममा विस्फोट भइ ८ जना गम्भीर घाइते भएका थिए। घाइते सबैलाई राजपुरस्थित इटाभाटामा ज्युदै जलाएर बेपत्ता बनाएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरी स्राेतले जनाएकाे छ। बम विस्फोटका दुई जनाले बयान दिएका थिए। सोही बयानका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको थियो। उनी नेपाली कांग्रेसकोतर्फबाट निर्वाचित सांसद हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।