ताजा अपडेट »

बुटवलको देवीनगरमा सरायँ नाच प्रस्तुत गरिदै

आइतबार, २६ असोज २०७६, ११ : १७
46 Shares

असोज २६,
बुटवल । हिन्दुहरुको महान पर्व विजया दशमीको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा देशैभर हर्षोल्हासका साथ मनाइँदै छ । विभिन्न शक्ति पिठ तथा घर–घरमा रहेका जमरालाई धार्मिक तिर्थस्थलहरुमा विसर्जन गर्ने प्रचलन रहेको छ । यसैबीच बुटवलको देवीनगर चौपारीमा आज मौलिक सास्कृतिक झल्काउने सरायँ नाच प्रदशन हुदै छ।

बुटवल ११ देवीनगर स्थीत नवदुर्गा मन्दिर समितिको आयोजनामा हुने सरायँ नाच प्रदशनीमा बुटवलका विभिन्न टोल विकास सस्था तथा सहकारी द्वारा समुहगत रुपमा सरायँ नाच प्रस्तुत गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष कुल बहादुर के सी ले जानकारी दिए । आज दिउसो ३ बजे देखि सुरु हुने सरायँ नाच पश्चात विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत हुने र नवदुर्गाको फूलपाती विसर्जन गर्ने कार्यक्रम समेत रहेको उपाध्यक्ष के सी ले बताए । समुहगत रुपमा प्रस्तुत गर्ने सहभागीहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको जनाइएको छ पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा नाचिने सरायँ नाच विगत ७ वर्ष देखि बुटवलमा पनि प्रदशन गर्न लागिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।