ताजा अपडेट »

प्रधानन्यायाधीशले आफूबाहेक १० इजलास गठन गर्दै २२२ मुद्दाको पेसी तोके

शुक्रबार, ०३ मंसिर २०७८, ११ : ३३
6 Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि १० इजलास गठन गरेका छन् ।

आन्दोलित न्यायाधीशलाईसमेत इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले २२२ मुद्दाको पेसी चढाएका छन् । तर, आफूलाई जबराले इजलास गठन गरेका छैनन् । गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति जनाएपछि जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू शुक्रबार इजलास फर्किने भएका हुन् । 

यता न्यायाधीश इजलास फर्किए पनि नेपाल बार एसोसिएसन भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमै छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।