ताजा अपडेट »

बाबा रामदेवले भने– मलाई नेपाली धेरै माया गर्छन्

शुक्रबार, ०३ मंसिर २०७८, ११ : ०५
6 Shares

काठमाडौं । काठमाडौं भ्रमणमा रहेका बाबा रामदेवले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताएका छन् । पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा शुक्रबार  पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमा उनले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताएका हुन् । 

‘भारतभन्दा बढी नेपालीले मलाई धेरै माया गर्छन्’, उनले भने, ‘३० वर्षअघि मलाई कोही चिन्दैन थे । तर, त्यतिखेर पनि नेपालसँग परिचित थिएँ । अहिले सारा नेपालीले चिन्दछन् ।’ भौगोलिक रूपमा फरक स्थानको भए पनि संस्कृति र धर्मको पूर्वज एउटै रहेको भन्दै उनले भने, ‘हाम्रो पूर्वज संस्कृति धर्मले हामी एकै हो । म राजनीतिक दृष्टिले भारतको नागरिक हुँ । सांस्कृतिक रूपले म विश्वकै नागरिक हुँ ।’

नेपाललाई अर्गानिक सामाजनिक सांस्कृतिक रूपमा विकास हेर्न चाहेको बताएका उनले यसमा पतञ्जलिको पनि भूमिका रहेको बताए ।  साे कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष राजनीतिज्ञहरू सहभागी छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।