१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

खोटाङ ।  नेपाली कांग्रेस खोटाङको क्षेत्रीय कार्यसमिति (प्रदेश क र ख) को अधिवेशनमा चार वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।शुक्रबार आज हुने क्षेत्रीय कार्यसमितिको अधिवेशनका लागि चुनावी दौडमा सभापति एव‍ं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक काेइराला र नेताहरू कृष्णप्रसाद सिटौला/गगन थापा निकट चार प्यानल चुनावी मैदान छन् । 

Advertisement

जिल्ला सभापतिमा पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्वसभापति विष्णुकुमार राई, महासमिति सदस्य रवीप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई आकांक्षी देखिए पनि उनीहरुले एक/एक वटा क्षेत्रमा मात्र आफ्ना उम्मेदवार उभ्याएका छन् । जिल्ला सभापतिको दौडमा रहेका पूर्वराज्यमन्त्री सर्वधन र महासमिति सदस्य रवीप्रकाश केन्द्रमा सभापति देउवासँग नजिक मानिन्छन् । पूर्वसभापति विष्णुकुमार पौडेल र महाधिवेशन प्रतिनिधि भूपेन्द्र सिटौला/गगन थापासँग नजिक मानिन्छन् । 

सर्वधनको टीमले कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश क) मा भक्तजङ राईलाई सभापतिमा उठाएको छ । उपसभापतिमा दिलिपराजा गिरी र उद्धव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सहसचिवमा मनकुमार तामाङ र मकर राईलाई उम्मेदवार बनाएको छ । कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको टीमबाट क्षेत्रीय कार्य समिति (प्रदेश क) को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल प्रतिस्पर्धामा छन् । 

जिल्ला सभापतिका अर्का उम्मेदवार विष्णुकुमारको टिमबाट क्षेत्रीयकार्य समिति (प्रदेश ख) को सभापतिमा दिनेश घिमिरे, उपसभापतिमा महेन्द्र राई र रमाहाङ राई, सचिवमा समराज राई र प्रविण राई, सहसचिवमा कमल प्रधान र राजकुमार बस्नेत अघि सरेका छन् । भूपेन्द्रको प्यानलबाट क्षेत्रीय कार्यसमिति (प्रदेश ख) को सभापतिमा चण्डिकुमार राई, उपसभापतिमा हरिबहादुर खड्का र रामचन्द्र केसी, सचिवमा बलराम राई र मोहन कटवाल, सहसचिवमा मणिराज खत्री र शिव राई उम्मेदवार बनेका छन् ।  

जिल्ला सभापतिमा पौडेल र कोइरालाको एलायन्स भएको छ। त्यही एलायन्सले मात्र दुबै क्षेत्रमा उम्मेदवार अघि सारेको छ । सर्वधनले क्षेत्रीय कार्य समिति (प्रदेश ख) मा आफ्नो छुट्टै टिम बनाएका छैनन् । भूपेन्द्रले क्षेत्रीय कार्य समिति (प्रदेश क) मा आफ्नो प्यानल बनाएका छैनन् ।क्षेत्रीय कार्यसमिति (प्रदेश ख) मा देउवा, पौडेल र कोइरालाको सहकार्य भएको स्राेत बताउँछ । यसो हुँदा (प्रदेश ख) मा भूपेन्द्र एक्लैले अन्य प्यानलसँग भिड्नुपर्ने देखिएको छ ।

(प्रदेश क) मा आफ्नो छुट्टै उम्मेदवार नउठाएका भूपेन्द्रको टिमले सर्वधनको टिमलाई सहयोग गर्ने सम्भावना छ । केन्द्रमा देउवा निकट भए पनि जिल्लामा सर्वधन र रवीप्रकाशको दूरी टाढा  छ । क्षेत्रीय कार्यसमिति (प्रदेश क) को अधिवेशन हलेसीमा र क्षेत्रीय कार्यसमिति (प्रदेश ख) को अधिवेशन सिमपानीमा हुँदैछ । क्षेत्रीय कार्य समितिको अधिवेशनले सात पदाधिकारी र १६ प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्ने कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए । क्षेत्रीय अधिवेशनमा ७/७ सय क्षेत्रीय प्रतिनिधिले मतदान  गर्ने कांग्रेसले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

क्रिकेट खेलाडीको बर्गीकरण : सन्दीपसहित पाँच जना ग्रेड ए मा,रुपन्देहीका भुर्तेल ग्रेड बी मा प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम