ताजा अपडेट »

‘खोप लगाउन पालो कुर्नु पर्दैन’

शुक्रबार, ०३ मंसिर २०७८, ०८ : ५२

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आगामी दिनमा कोरोनाविरुद्धको खोप लगाउन सहज हुने बताएका छन् । खोप लगाउनका लागि समूह र पालो कुर्नु नपर्ने उनले बताए । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार फाइजर खोप अभियानको अनुगमन गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन्। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको संयुक्त अनुगमनका क्रममा उहाँले नेपालमा खोपको अभाव नरहेको बताउँदै हरेक जिल्ला र खोप केन्द्रमा गएर सहजै रूपमा लगाउन सकिने बताए  ।

सर्वसाधारणले आफूलाई पायक पर्ने खोप केन्द्रमा जुनसुकै बेला पनि खोप लगाउन सक्ने बताउँदै उनले उपत्यकाका मुख्य अस्पतालमा २४ सै घण्टा खोपको व्यवस्था हुने बताए  । फाइजर खोपबाट देखिने प्रभावलाई न्यूनीकरण गर्न पहिलो चरणमा १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीलाई खोप प्रदान गरिएको जानकारी दिए। सरकारले ६० लाख फाइजर खोप ल्याउन लागेको पनि उनले बताए।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले फाइजर खोप प्रभावकारी रहेको बताउँदै फाइजर खोप एकदमै सुरक्षित भएकाले ढुक्क भएर लगाउन आग्रह गरे । फाइजर खोप बच्चा, युवा, वृद्ध सबैका लागि सुरक्षित रहेको र आफ्नी छोरीले पनि फाइजर खोप लगाइसकेको उनले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।