५ माघ २०७८, बुधबार

Jan 19, 2022

काठमाण्डौं । शीर्ष डिभिजन लिग आज शुक्रबारबाट सुरु हँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिगको उद्घाटन खेलमा ललितपुरका दुई टोली नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

Advertisement

साँझ पौने ५ बजे सुरु हुने लिगको उद्घाटन खेलमा दुवै क्लब जितका साथ तीन अंक एकतर्फी पार्ने योजनामा हुनेछन् । 

सातदोबाटो युथ क्लब यसै सिजन भएको ‘बी’ डिभिजन लिगबाट दुई खेल अघि नै ‘ए’ डिभिजन लिगमा बढुवा भएको थियो । फ्रेण्ड्सले भने झण्डै चार दशकदेखि लगातार ए डिभिजन लिग खेल्दै आएको छ । 

खेलअघिको पत्रकार सम्मेलनमा दुबै टोलीले एक अर्कालाई कमजोर नआक्ने र तिन अंकको लागि खेल्ने बताए । 

फ्रेण्ड्स क्लबका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले शीर्ष डिभिजनको लिगमा सबै विपक्षी बलियो हुने बताउँदै सातदोबाटो नयाँ भए पनि जोस र जाँगरका साथ खेल्ने योजना सुनाए । उनले सातदोबाटोविरुद्धको खेल सहज नहुने स्वीकारे । 

‘हामीले ४० दिन प्रशिक्षण गरेका थियौ । ए डिभिजन लिगमा बाच्ने लक्ष्य हुनेछ । हामी छैटौं, सातौं स्थानसम्म आउने प्रयास गर्नेछौ । खेलमा जुन विपक्षी पनि बलियो हुन्छन् । सातदोबाटो नयाँ क्लब हो, नयाँमा अझ जोस र जाँगर हुन्छ । भोलिको खेल गाह्रो नै होला ।’ नेपाललाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जिताउँदा गोलरक्षक प्रशिक्षक मिश्रले भने । 

फ्रेण्ड्सका कप्तान सुरज बिकले पनि प्रशिक्षकको भनाईमा सहमति जनाउँदै सातदोबाटोलाई कम नमानेको र ३ अंकको लागि खेल्ने बताए । 

‘हाम्रो टोली औसत छ । सातदोबाटोलाई हामीले कम मानेका छैनौं । ३ अंक हासिल गर्ने योजना छ ।’ पहिलो पटक फ्रेण्डस्को जर्सीमा देखिन लागेका बिकले भने । 

पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको सातदोबाटो भने विगतका दिनमा ए डिभिजन लिग खेलेका र विदेशी खेलाडीको साथमा लिगमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछ । 

शीर्ष डिभिजनको पहिलो खेलमा सातदोबाटोको नजर तिन अंकमा हुनेछ । ‘ए डिभिजन लिग खेल्न पाउँनु नै ठूलो कुरा हो । त्यसमा पनि उद्घाटन खेल पाउनु र खेलाडीले पनि पहिलो खेलमा अनुभव लिन पाउनु ठूलो कुरा हो ।’ नेपाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका केसीले भने । 

कुन–कुन कुरामा सुधार गर्नुपर्छ सबैसँग खेलेपछि थाहा हुन्छ । दुई–तीन खेल खेलेपछि नजर परिवर्तन गर्छौं ।’

क्लबका कप्तान मानबहादुर तामाङले नयाँ क्लबलाई चुनौतीको रुपमा लिएको र लिगमा सातदोबाटो नयाँ भएकाले अनुभव बाड्न आएको प्रतिक्रिया दिएका छन् । 

करिब ४ महिना हुने लिगमा १४ क्लबको सहभागिता छ । राउण्ड रोबिन पद्दतिमा हुने लिगमा ९१ खेल हुनेछन् । लिगको शीर्षस्थानको टोली एएफसीको प्रतियोगिताका लागि छनोट हुनेछ भने पुछारका दुई टोली ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछन् । -रमेश सुवेदी / न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

नवलपुर जेसीजको पदहस्तान्तरण,‘महिला सवल र सक्षम छन्’ पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र कवाड पसलको नाममा प्रतिवन्धित जडिबुटी कारोबार : प्रहरीको छापा, ठूलो परिमाणमा बरामद दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ ३ मितेरी गाउँपालिका बीच ४ वर्षको अनुभव साटा-साट प्रेस युनियन सुनसरीले सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने १० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षण सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते गड्यौली मलको व्यवसायिक उत्पादनतर्फ सैनामैनाका कृषक समावेशी अर्थतन्त्र वाम पक्षधरहरु एक ठाउँमा होउ ! बुटवलकाे बुद्धनगर खानेपानी संस्थाद्वारा रक्तदान सैनामैनामा बुधवारदेखि एन्टिजेन परीक्षण, कुन वडामा कहिले ? जानकारीसहित प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन काठमाडौं उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक, सरकार भन्छ- लकडाउन हुन्न एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण १८ माघसम्म सेवा संकुचन गर्ने सर्वाेच्च फुलकोर्टको निर्णय एमालेको ६३ जिल्लामा अधिवेशनबाट नयाँ नेतृत्व चयन, बाँकीमा कोभिड संक्रमण कम भएपछि गरिने (सूचीसहित)