ताजा अपडेट »

आज नेपालमा कुनै ग्रहण छैन, हेर्नुहोस तपाईंको राशीमा के हुन्छ ?

शुक्रबार, ०३ मंसिर २०७८, ०७ : ०५
10 Shares

काठमाण्डौं । आजको पात्रो : आज ३ मंसिर, शुक्रबार । तद्अनुसार १९ नोभेम्बर । कात्तिक शुक्लपक्ष पूर्णिमा तिथि । आज चन्द्रग्रहण भनिए पनि नेपालमा कुनै ग्रहण छैन, प्रभाव पर्ने छैन । भारतका केही स्थानबाट ग्रहण देखिने भए पनि त्यसको कुनै दोष लाग्दैन । ग्रहण बार्नुपर्ने कुनै आधार छैन ।

आज सूर्योदय बिहान ६ः२९ मा हुनेछ भने सूर्यास्त १७ः८ मिनेटमा हुनेछ । चन्द्रमा मेष राशिमा रहेको छ । कृत्तिका नक्षत्र परिध योग रहेको छ । देवता विश्वकर्मा र ग्रहदेव शनि रहेको छ । पूर्णिमा तिथि भएकाले आजको दिन आरधना गर्नेको संकल्प पूरा हुनेछन भन्ने मान्यता छ ।

आजदेखि चतुर्मासव्रतको पनि समाप्ति हुनेछ । साउन शुल्कपक्षपूर्णिदेखि कार्तिक शुक्लपक्ष पूर्णिमासम्मको समयलाई चातुर्मास भनिन्छ । यो चार महिना विशेष पूजा आरधना गर्ने गरिन्छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : चन्द्रमाको साथ भएकाले रोजगारीको क्षेत्रमा तपाईँलाई नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयमाको यात्रा गर्दा मनमा खसियाली छाउने छ । विहानैं देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । पूर्णिमा तिथि र चन्द्रमाको साथ दुवै भएकोले सोचअनुसार काम हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :  व्यापारमा अर्थलाभ हुँदा खुसियाली हुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नैं वेश हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आर्थिक र सामाजिक समस्याले  मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा  यात्रा गर्नुहोला । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईकै कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । आज आम्दानीको  धनीराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईँको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)  : वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :  धनु राशि भएका जातका लागि पनि ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : विगतमा तपाईँले गरेको कामबाट मान सम्मान मिल्नेछ । तपाईँलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :  कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :  आजको दिन मनमा प्रसन्नता छाउने छ । बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने केही हानी हुनसक्ने छ । पूर्णिका तिथि भएका कारण आजको दिन सोचअनुसारको कर्म गर्दा सफलता प्राप्त हुनेछ ।   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।