१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

जनकपुरधाम । कार्तिक पूर्णिमामा धनुषा र सिरहा जोडने कमला नदीमा लाग्ने भूत मेला हेर्न जाँदै गरेका दुई जना तीर्थालुको ट्याक्टर दुर्घटना मृत्यु भएको छ । सोही दुर्घटनामा १८ जना घाइते भएका छन् ।

Advertisement

बिहीबार करिब ५ बजे धनुषाको विदेह नगरपालिका–७ बेलापट्टीमा पुलमा ओभरटेक गर्ने क्रममा अनटेस्ट नेपाली नम्बरको ट्याक्टर पल्टिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत विहार राज्यको सितामाढी जिल्ला बेला थाना एकरहियाका ५० वर्षीय रामदयाल यादव र सोही स्थानका ४५ वर्षीया अस्मिता देवी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरूको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते १८ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्याक्टर महोत्तरीको भए पनि त्यसमा सवार अधिकांश तीर्थालु भने  भारतीय रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त कुमार रजौरले बताए । घटना भएलगत्तै चालक फरार भएको उनले बताए ।

घाइतेहरूको प्रदेशीक अस्पताल जनकपुर र रामजानकी हस्पिटलमा उपचार भइरहेको उनले बताए । घटना विषयमा थप अनुसन्धान भइरहेको र फरार चालकको खोजविन जारी रहेको उपरीक्षक रजौरले बताए ।-न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

क्रिकेट खेलाडीको बर्गीकरण : सन्दीपसहित पाँच जना ग्रेड ए मा,रुपन्देहीका भुर्तेल ग्रेड बी मा प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम