५ माघ २०७८, बुधबार

Jan 19, 2022

कुश्माको द क्लिफ बञ्जीमा पुगेर २२८ मिटर अग्लो टावरबाट हाम फाल्दै चर्चित गायिका मञ्जु पौडेल कुश्माको द क्लिफ बञ्जीमा पुगेर २२८ मिटर अग्लो टावरबाट हाम फाल्दै चर्चित गायिका मञ्जु पौडेल पहिलोपटक साहसिक बञ्जी जम्पबाट उत्साहित पौडेल दोस्रो साहसिक एडभेन्चरको रुपमा स्काई ड्राइभिङ गर्ने तयारीमा छन् ।

पोखरा । नेपाली समाजमा महिला शारीरिक र मानसिकरूपमा कमजोर हुन्छन् भनेर चित्रित गर्ने गरेको पाइन्छ तर अवसर र पहुँच अनि इच्छाशक्ति भएका महिलाले भने शारीरिक र मानसिकरूपमै चुनौतीपूर्ण क्षेत्रबाट अघि बढेका थुप्रै उदाहरण भेटिन्छ । यसको उदाहरणका रूपमा साहसिक खेलप्रतिको महिलाको बढ्दो आकर्षणलाई पनि लिन सकिन्छ । त्यसो त पछिल्लो समय हिमाल आरोहणदेखि अन्य जोखिमपूर्ण गतिविधिमा समेत महिलाले सफलता हासिल गरिरहेका छन् भने चुनौतीपूर्ण मानिएका क्षेत्रमा पनि महिलाले आफूलाई स्थापित गर्दै गएको देखिन्छ ।

Advertisement

चर्चित गायिका मञ्जु पौडेलले हालै मात्र कुश्माको द क्लिफ बञ्जीमा पुगेर २२८ मिटर अग्लो टावरबाट हाम फालिन् । त्यस पल आफ्नो आत्मबलको परीक्षाको अनुभुति भइरहेको बताउँदै उनले भनिन्, “जीवनको एउटा सपना पूरा भयो, बाहिरबाट हेर्दा बञ्जी सामान्य नै लाग्छ तर हामफाल्नु अघि त्योे गहिराइको दृश्यले भने एकछिन मुटु नै हल्लाइदिने रहेछ ।” उनले त्यो परीक्षामा आफू उत्तीर्ण भएर थप आत्मविश्वास र बेग्लै ऊर्जा मिलेको बताईन् । “मैले जिपलाइनिङ, स्काइ साइक्लिङ त गरेको थिएँ तर बञ्जी मेरो पहिलो अनुभव हो । साहसिक खेलमा डर त हुन्छ नै, त्यसभित्रको आनन्द बेग्लै पाएँ”, पौडेलले भनिन्, “यसले मलाई थप ऊर्जा दिएको छ, म शारीरिक र मानसिक दुवैरूपमा सक्षम छु भन्ने विश्वास जगाएको छ । म पुनः दोस्रोपल्ट बञ्जी गरेर फेरि थप आत्मविश्वास बटुल्ने छु ।” पहिलोपटक साहसिक बञ्जी जम्प गरेकी पौडेल उत्साहित छन् । दोस्रो साहसिक एडभेन्चरको रुपमा स्काई ड्राइभिङको लागि तयारी गरेको उनले बताइन् ।

विश्वकै दोस्रो अग्लो दावी गरिएको उक्त बञ्जीमा ६० प्रतिशत महिला बञ्जी गर्न आउने गरेको द क्लिफका प्रबन्ध निर्देशक ईश्वर कार्कीले बताए । “बञ्जी गर्न आउनेको तथ्याङ्क हेर्ने हो भने हामीकहाँ ६० प्रतिशत महिला हुनुहुन्छ, १८ वर्षदेखि ३५ वर्षसम्मका महिलाको रुचि बढी देखिएको छ ।”

उनले महिलाहरुमा साहसिक खेलप्रतिको आकर्षण पछिल्लो समय झनै बढेर गएको बताए । “अहिले सामाजिक सञ्जाल, फेसबुक, इन्स्टाग्राम, टिकटकममा महिलाको क्रेज बढी देखिन्छ । यसमा पोष्ट हुने भिडियोले धेरै महिलाहरु बञ्जी गर्न आउने गर्नुभएको छ ।” उनले कम्पनीले सञ्चालनमा ल्याएको स्विङमा पनि महिला नै बढी हुने गरेको बताए ।

पोखराको श्रीकृष्ण माविमा अध्यापन गराउने शिक्षक अनुजा सैँजुले पनि गएको हप्ता माछापुच्छ्रे गाउँपालिका–९ ल्वाङघलेलको कुदी छहरामा गएर क्यानोनिङ गरिन् । साहसिक खेल क्यानोनिङ गरेपछि आफ्नो आत्मविश्वास जगाएको बताउँदै उनले भनिन्, “मैले अरुले गरेको धेरै चोटि देखेको थिएँ, त्यो देखेर मलाई पनि गर्न मन लाग्यो, डरसँगै आनन्द पनि हुने रहेछ ।” स्वस्थ शरीरसँगै मानसिकरूपमा तयार हुने जो कोहीले पनि क्यानोनिङ गर्न सक्ने र यसले मानसिकरूपमा स्फूर्ति जगाइदिने उनको अनुभव छ ।

क्यानोनिङ चट्टानको पहारामा डोरीको सहायताले ‘वेट सुट’ लगाएर पानीको छहरा छाँगाबाट चिप्लिँदै, हामफाल्दै झर्ने एक प्रकारको साहसिक खेल हो । क्यानोनिङका सञ्चालक पर्यटन व्यवसायी राम गुरुङले क्यानोनिङ गर्न आउने ८० प्रतिशत महिला हुने गरेको बताए । उनका अनुसार क्यानोनिङ गर्दा ४५ मिटरदेखि ७५ मिटर अग्लो स्थानबाट पानीको छहरामा रमाउन सकिन्छ । सामाजिक सञ्जाल टिकटकलगायतबाट भएको प्रचार प्रसारले पनि अहिले देशका विभिन्न स्थानबाट आउने महिला साहसिक पर्यटकको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । “पहिला पहिला पुरुषहरु नै हुन्थे, अहिले सामाजिक सञ्जाललगायतबाट प्रचार प्रसार भएसँंगै महिलाहरुको सङ्ख्या बढिरहेको छ”, गुरुङले भने ।

काठमाडौँबाट साथीहरुसँग घुम्न आएकी सोनु पौडेलले दोस्रोपटक प्याराग्लाइडिङको मज्जा लिएको बताईन् । एक गैरसरकारी संस्थामा कार्यरत २३ वर्षीया पौडेलले कुश्मा पुगेर बञ्जी गर्ने सोच बनाएकी छन् । “आकाशमा त उडेँ, अब बञ्जीबाट हामफाल्ने सोच बनाएको छु, हेरौँ कहिले हुन्छ ।” उनले सानैदेखि साहसिक खेलप्रति आफ्नो रुचि रहेको र अहिले उमेरसँगै ती इच्छालाई पूरा गर्न आफू मानसिक र शारीरिक दुवै रूपमा सक्षम रहेको बताईन् ।

हवाई खेलकूद संस्था (ना) का सचिव एवं हिमाल स्काइ एडभेन्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक माधव तिवारीले प्याराग्लाइडिङ गर्ने महिलाको सङ्ख्या ५० प्रतिशत जस्तो नै रहेको बताए । “बाहिरबाट पोखरा आउने अधिकांश महिलाले प्यराग्लाइडिङ गर्ने गर्नुभएको छ । कतिले दुई÷तीनचोटि समेत गर्नुभएको छ ।” उहाँका अनुसार खेलकूद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका १२ महिला छन् ।

पोखरा–१७ रातो पैह्रोमा गो बञ्जी नेपाल एडभेन्चरर्स प्रालिका अध्यक्ष सन्तोष भट्टराई पनि साहसिक खेलमा महिलाको सहभागिता बढ्दै गएको बताउँछन् । “महिलाको सङ्ख्या बढ्दै गएको छ, उनीहरुमा आत्मविश्वास र उत्साह पनि उस्तै देखिन्छ ।” भट्टराइले एकचोटि बञ्जी गरेर गएकाहरुको अनुभवका आधारमा अर्कोचोटि आफ्नो साथीहरु ल्याएर पुनः गर्ने गरेको बताए । पोखरा–२५ हेम्जामा रहेको हाइग्राउण्ड एडभेन्चर्सका ९बञ्जी पोखरा०का प्रबन्ध निर्देशक दिनेश महर्जनले ७२ मिटर अग्लो बञ्जी टावरबाट बञ्जी गर्ने महिला ५० देखि ६० प्रतिशत रहेको बताए । उनका अनुसार कम्पनीले जिपलाइन पनि सञ्चालन गरेको छ । जीपलाइन गर्ने महिलाको सङ्ख्या पनि निकै राम्रो छ ।

साहसिक खेलप्रेमी एवं साहसिक पर्यटन अभियानकर्मी विष्णुकान्त घिमिरेले पछिल्लो समय महिला ‘सेलिबे्रट’को क्रेज पनि साहसिक गतिविधिमा बढ्दै गएको बताउँछन् । उनका अनुसार पछिल्लो समय नेपाली चलचित्रका नायिका, गायिका र टिकटक स्टार महिलाको रोजाइमा पनि साहसिक गतिविधि प्राथमिकतामा पर्ने गरेको छ । यसले साहसिक खेल पर्यटनलाई प्रवद्र्धन गर्दै लैजाने उनी बताउँछन् । बञ्जी, जिपलाइन र प्याराग्लाडिङ गर्ने गरेका कतिपय सेलिब्रेटी महिलाले पोष्ट गरेका भिडियोहरु पनि सामाजिक सञ्जालमा भाइरल हुने र अरुलाई रहर जगाइदिने गरेको उनको भनाइ छ । “साहसिक खेलका लागि मानसिक र शारीरिकरूपमा तयार भएपछि जो कोहीले पनि खेल्न सक्ने र महिलामा झन् त्यो प्रकारको ऊर्जा उच्च देखिने गरेको छ”, घिमिरेले भने ।

पोखरा र आसपासका जिल्लामा प्याराग्लाइडिङ, जिप फ्लायर, टावरसहितको बञ्जी जम्प, अल्ट्रालाइट, क्यानोनिङ, हटएयर बेलुन, स्काइ डाइभसँगै पर्यटकले रमाइलोका लागि गर्ने साइक्लिङ, बोटिङ्ङ्ग, घोडसवारी, सेती नदीमा गरिने जलयात्रा (¥याफ्टिङ) तथा कायाकिङ गर्न पाइन्छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

क्षितिज लोहनी जसले प्रतिष्ठित एप्पल कम्पनीभित्र नेपाली समूह खडा गरेका छन् रहेनन् विश्वका सबैभन्दा जेष्ठ व्यक्ति संक्रमण मुक्त भएपछि मात्र काममा नवलपुर जेसीजको पदहस्तान्तरण,‘महिला सवल र सक्षम छन्’ पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र कवाड पसलको नाममा प्रतिवन्धित जडिबुटी कारोबार : प्रहरीको छापा, ठूलो परिमाणमा बरामद दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ ३ मितेरी गाउँपालिका बीच ४ वर्षको अनुभव साटा-साट प्रेस युनियन सुनसरीले सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने १० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षण सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते गड्यौली मलको व्यवसायिक उत्पादनतर्फ सैनामैनाका कृषक समावेशी अर्थतन्त्र वाम पक्षधरहरु एक ठाउँमा होउ ! बुटवलकाे बुद्धनगर खानेपानी संस्थाद्वारा रक्तदान सैनामैनामा बुधवारदेखि एन्टिजेन परीक्षण, कुन वडामा कहिले ? जानकारीसहित प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन काठमाडौं उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक, सरकार भन्छ- लकडाउन हुन्न