ताजा अपडेट »

गोरुले कुल्चिँदा एक महिलाको मृत्यु

विहीबार, ०२ मंसिर २०७८, २० : ०९
4 Shares

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिका-३, पन्चकन्यामा बिहीवार दिउँसो करिब ३ बजे गोरुले एक महिलालाई कुल्चिँदा मृत्यु भएको छ । घरमै घाम ताप्दै बसिरहेको बेला बिक्रीका लैजाँदै गरिएको गोरुले एक्कासी कुल्चिदा ८८ बर्षाका भुवानिमाया लिम्बूको मृत्यु भएको थियो स्थानीय चीनकुमार लिम्बूले जानकारी दिए ।

मृतक लिम्बुको शवलाई पोस्टमार्टमका लागि धनकुटा पठाइएको शुक्रबारे प्रहरी चौकीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।