ताजा अपडेट »

चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति र प्रधामन्त्रीद्वारा स्वागत

शनिबार, २५ असोज २०७६, १६ : ३०
6 Shares

असोज २५,
काठमाण्डौं । नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए।

राष्ट्रपति सी भारतको चेन्नई हुँदै काठमाडौं आएका हुन्। उनी चढेकाे एयर चाइनाकाे  'बि७४७-८आइ' दिउसाे ४:०८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरण गरेकाे थियाे। शुक्रबार उनी चेन्नई पुगेका थिए। चेन्नईमा सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक वार्ता भएको थियो। चिनियाँ राष्ट्रपति सीले काठमाडौंमा कम्तीमा २० घण्टा बिताउने छन्। राष्ट्रपति भण्डारीको निमन्त्रणामा सी नेपाल आएका हुन् । यसअघि चिनियाँ राष्ट्रपति जियान जेमिनले सन् १९९६ मा नेपालको भ्रमण गरेका थिए । त्यसको २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको रुपमा सी नेपाल आएका हुन् ।

चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबीच आज साँझ साढे ६ बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी राष्ट्रपति भण्डारीले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा रसहभागी हुने छन्। आईतबार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितीमा नेपाल–चीन उच्चस्तरीय बैठक बस्नेछ। बैठकपछि ओली र सीको उपस्थिीतीमा एक दर्जन सम्झौता तथा समझदारीपत्र (एमओयु)मा दुई देशका सम्बन्धीत अधिकारीहरुले हस्ताक्षर गर्ने कार्यक्रम छ।

आइतबार नै राष्ट्रपति सीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आईतबार करिब १ बजे उनी स्वदेश फर्कने कार्यक्रम रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।