ताजा अपडेट »

गोलाप्रथा लागू भए पनि फुलकोर्ट नबसी मुद्दा सुनुवाइ नहुने, यस्तो छ प्रक्रिया

विहीबार, ०२ मंसिर २०७८, १७ : ०३
2 Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशको बैठकले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्न सर्वोच्च अदालत नियमावली र मुद्दा सुनुवाइसम्बन्धी कार्यविधि संशोधन गरेको छ । 

१८ जना न्यायाधीशहरूको बैठकले नियमावली र निर्देशिका संशोधन गरे पनि तत्काल मुद्दा सुनुवाइ भने नहुने भएको छ । 

पूर्वसहमतिअनुसार न्यायाधीशहरूको बैठकले सर्वसहमतिबाट पारित गरेको नियमावली र निर्देशिकामा प्रधानन्यायाधीशले हस्ताक्षर गरेपछि कानुन मन्त्रालयमार्फत राजपत्रमा सूचना प्रकाशित गर्न पठाइने छ । 

राजपत्रमा सूचना प्रकाशन भएर आएपछि गोलाप्रथाबाट मुद्दाको सुनुवाइ गर्ने मिति तय गर्न पुनः फुलकोर्ट बैठक बस्नुपर्ने हुन्छ । 
सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीशले हस्ताक्षर गरेर राजपत्रमा सूचना प्रकाशित भएपछि पुनः फुलकोर्ट बैठक बस्नेछ । 

‘राजपत्रमा प्रकाशन हुनेवित्तिकै मुद्दा सुनुवाइ गर्ने भन्ने हुँदैन, कन दिनबाट सुरु गर्ने भन्ने विषय टुंगो लगाउन पुनः फुलकोर्ट बस्नुपर्छ, त्यो बैठकले तय गरेको मितिबाट मात्र गोलाप्रथाको पेसीबाट तय हुने मुद्दा हेर्ने हो,’ एक न्यायाधीशले न्युज कारखानासँग भने ।

उनका अनुसार शुक्रबार राजपत्रमा सूचना प्रकाशित भएमा सोही दिन या आइतबार पुनः फुलकोर्ट बैठक बसेपछि मात्र गोलाप्रथा लागू हुने मिति तय हुनेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।