१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

खलङ्गा । जुम्ला–जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्ड सञ्चालनमा आएको छ । गत कात्तिक पहिलो साता भएको अविरल वर्षापछि आएको बाढीले कटान गरेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो । बाढीले जुम्ला–जाजरकोटको करिब २० किलोमिटर सडकमा क्षति गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । बाढीले करिब ४०० मिटर सडक कटान गरेको थियो । सडक डिभिजन जुम्लाले आफ्नै कर्मचारी परिचालन गरी डोजर भाडामा लिएर सो सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरी सञ्चालनमा ल्याएको सडक डिभिजन जुम्लाका इञ्जीनियर सन्तोष भण्डारीले बताए ।

उनले भने, “बीस किमी सडकमध्ये बाढीले ४०० मिटर सडक पूरै कटान गरेको थियो । मान्छे हिँड्ने बाटोसमेत थिएन । हामीले टोप्लासम्म सडकको साइडबाट ट्रयाक खोल्ने काम सकाएका छौँ । अब चाँडै ग्यावियन पर्खाल निर्माण अघि बढाइने छ ।” त्रिवेणीबाट ताम्तीसम्मको ४०० मिटर कटान भएको सडकमा ग्यावियन पर्खाल निर्माण गरिने भएको छ । कटान क्षेत्रमा ग्यावियन पर्खाल निर्माणका लागि गत आवको रु दुई करोड बचत रकमबाट ठेक्का आह्वान गरिएको छ । भेरीखोला क्षेत्रका नागरिकको आवतजावतलाई सहज गर्न तथा खाद्यान्न ढुवानीका लागि बाढीले कटान गरेको सडक निर्माणलाई सडक डिभिजनले द्रुतगतिमा अघि बढाएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । टोप्लासम्म ट्रयाक खोल्ने काम सकिएको र अब चाँडै ग्यावियन पर्खाल निर्माण अघि बढेको छ । साथै नाग्म गमगडी सडकको १० किमी सडक कालोपत्र गर्ने काम पनि अघि बढेको कार्यालयले जनाएको छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

क्रिकेट खेलाडीको बर्गीकरण : सन्दीपसहित पाँच जना ग्रेड ए मा,रुपन्देहीका भुर्तेल ग्रेड बी मा प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम