ताजा अपडेट »

किसानलाई अनुदानमा आलुको बीउ

विहीबार, ०२ मंसिर २०७८, १४ : ४३
6 Shares

तनहुँ । व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गर्ने भएको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नगरपालिकाले जनकदेव र एमएस उन्नत जातका करिब ३३ टन आलुको बीउ वितरण गर्न लागेको हो । तीमध्ये यहाँका किसानले गतवर्ष उत्पादन गरी चितवनको कोल्डस्टोरमा भण्डारण गरी राखिएको करिब १७ टन आलुको बीउ तनहुँ ल्याएर वितरण गर्न लागिएको व्यासनगरपालिका कृषि शाखाका कृषिप्रसार अधिकृत कुशल नहर्कीले जानकारी दिए । “चितवनको कोल्डस्टोरबाट आलुको बीउ ल्याएर किसानलाई वितरण गर्ने योजना बनाएको हौं”, उनले भने “अपुग करिब १६ टन आलुको बीउ त्रिवेणीबाट खरिद गरेर वितरण गर्ने योजना छ ।”

नगरपालिकाले चितवनको कोल्डस्टोरमा लैजानका लागि प्रतिबोरा रु ३५० गरी ६२९ बोराका लागि कूल रु दुई लाख २० हजार एक सय ५० ढुवानी खर्च गरेको उनले बताए । उनले भने, “किसानलाई जनकदेव रातो र एमएस निलो उन्नत जातका आलुको बीउ वितरण गरिनेछ ।”व्यासनगरपालिका मातहत रहेका चौध वटै वडाका किसानको माग अनुरुप वडा कार्यालयबाट सिफारिस भएर आएका किसानलाई आलुको बीउ वितरण गरिने उनले बताए । गतवर्ष प्रथम श्रेणीको वितरण गरिएकोमा आउँदो वर्ष स्थानीय जातको आलुको बीउ उत्पादन गर्ने लक्ष्य राखिएको सो शाखाले जनाएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।