१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

बुटवल । सिद्धार्थ रंगशाला भैरहवालाई क्रिकेट मैदानको रुपमा विकास गर्ने सरकारको निर्णय १० वर्षमा पनि पूरा हुन सकेको छैन । सुरूका वर्षमा बजेट अभाव र पछिल्लो दुई वर्षयता कोभिड महामारीको मारमा रंगशाला परेको हो ।

Advertisement

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ सालमा भैरहवाको सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको रुपमा विकास गर्ने निर्णय गरेको थियो । सरकारले आर्थिक वर्ष २०६८/६९ को बजेटमा एक करोड रुपैयाँ मात्र विनियोजन गर्यो । बजेट अत्यन्तै न्यून भएकाले त्यो बजेटले  चेन्जिङ रुम मात्र निर्माण गरेकाे रुपन्देही क्रिकेट विकास संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए । ‘सरकारले रंगशालालाई क्रिकेट मैदान बनाउने निर्णय त गर्यो, तर ५० करोड लाग्ने ठाउँमा सुरुमा जम्मा एक करोड मात्र बिनियोन भयो,’ उनले भने ।

त्यसपछिकाे वर्ष भने सरकारले यसका लागि बजेट नै छुट्टयाएन । आर्थिक वर्ष २०७०/७१ मा भने फेरि एक करोड बजेट विनियोजन भयो । उक्त बजेट माटो पट्याउने र मैदान सम्माउने काममै सकियो । त्यसपछि आर्थिक वर्ष २०७२/७३ मा विनियोजन भएको ४० लाख रुपैयाँ बजेटले मैदानमा तारजाली लगाउने काम सम्पन्न भयो । त्यसपछि सरकारले आर्थिक वर्ष २०७३/७४ मा पुनः एक करोड बजेट छुट्टयायो । उक्त बजेट ढल व्यवस्थापनमा खर्च भयाे । तर, २०७४ सालमा विनियोजन भएको साढे दुई करोड बजेट मध्ये डेढ करोड फ्रिज भयो । बाँकी एक करोडले स्टोर रुम, गार्ड रुम, क्रिकेटको पिच र पार्केटिङको काम गरियो । 

२०७५ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले भैरहवा क्रिकेट मैदानका लागि साढे तीन करोड बजेट छुट्टयायो । तर, त्यो सबै बजेट फ्रिज भयो । त्यतिबेला राष्ट्रिय खेलकुद विकास परिषद्ले साफ खेलका कारण टेण्डर खोल्न ढिलाई हुँदा बजेट फ्रिज हुन पुगेको थियो ।  सरकारले हरेक वर्ष बजेट छुट्टयाए पनि गुरुयोजना नबनी काम सुरू गर्दा अपेक्षाअनुसार काम हुन नसकेको अध्यक्ष मल्लको भनाइ छ । ‘गुरुयोजनाविना नै बजेट छुट्टिन थालेपछि कसरी काम गर्ने भन्ने नै द्विविधा थियो, जसकाकारण साेच अनुरुप काम अगाडि बढ्न सकेन,’ उनले भने । २०७५ सालमा राष्ट्रिय खेलकूद परिषद्ले क्रिकेट मैदानको गुरुयोजना बनाएपछि बल्ल कामले गति लिन थालेको हो । गुरुयोजना बनेको एक वर्षमै कोरोना महामारी सुरू भएपछि फेरि निर्माणमा असर पुगेको अध्यक्ष मल्लले बताए ।

गुरुयोजनाअनुसार क्रिकेट मैदान निर्माण सम्पन्न गर्न ५० करोड लाग्ने अनुमान छ । आइसीसीको न्यूनतम मापदण्डअनुसार बन्ने क्रिकेट मैदानमा सात हजार दर्शक क्षमताको प्याराफिट बन्ने गुरुयोजनामा उल्लेख छ । तर, त्यो प्याराफिटलाई ११ हजार क्षमताको बनाइने अध्यक्ष मल्लले बताए । प्याराफिट निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा ओली नेतृत्वको सरकारले चार करोड बजेट छुट्टयाएको थियो । तर, कोरोना महामारीका कारण कामले गति नलिंदा दुई करोड बराबरको काम भयो भने बाँकी दुई करोड फ्रिज भयो । आर्थिक वर्ष २०७७/७८ मा प्याराफिट निर्माणकै लागि थप एक करोड बजेट विनियाेजन भयाे । अहिले सोही बजेटले काम भैरहेको मल्लले बताए । ‘कोरोना महामारीका कारण कामले गति लिन नसकेको हो, अब स्थिति सहज बन्न थालेकाले कामले गति लिने अपेक्षा छ,’ उनले भने ।

खेलकुदका गतिविधि सञ्चालन गर्न २०३७ सालमा सिद्धार्थनगर नगरपालिकाले स्थानीयको पाँच बिगाहा जग्गा अधिग्रहण गरेर रंगशाला बनाएको थियो । त्यसपछि यही रंगशालामा खेलकुदका गतिविधि हुँदै आइरहेका छन् ।  

प्रतिकृया दिनुहोस्

Flash News

क्रिकेट खेलाडीको बर्गीकरण : सन्दीपसहित पाँच जना ग्रेड ए मा,रुपन्देहीका भुर्तेल ग्रेड बी मा प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम