ताजा अपडेट »

आज देखि तिलोत्तमा प्रिमियर लिग सुरु हुँदै

शनिबार, २५ असोज २०७६, १० : २३
2 Shares

असोज २५,
बुटवल । रुपन्देहीको तिलोत्तमामा आज देखि तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करणको हुँदै छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा हुने प्रिमियर लिगमा १० टिमको सहभागिता रहनेछ । प्रतियोगिताको प्रदेश ५ का सामाजिक बिकास मन्त्रि सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदेश स्तरको सबै भन्दा ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा ४ वटा पुराना टिम सहित अन्य ६ नयाँ टिमले सहभागिता जनाउने भएका हुन ।

प्रत्येक पुराना टिमले १-१ जना रिटेन खेलाडि राख्न पाउने प्रावधान रहेको छ । स्थानिय स्तरबाट खेलाडिहरु उत्पादन गर्दै क्रिकेट खेलको बिकासका लागि प्रतियोगिताको आयोजना गरिएको तिलोत्तमा क्रिकेट बिकास समितिका सिइओ दिपक भुर्तेलले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ । त्यसैगरि प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद २० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट वलरलाई नगद १० हजार साथै इमर्जिङ प्लेयरलाई नगद ५ हजार प्रदान गरिने तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा १ टिमलाई फेयर प्ले अवार्ड अन्तर्गत नगद ४० हजार साथै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद १ हजार ५ सयले पुरस्कृत गरिने आयोजकले जानकारी दिए । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नव जिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा प्रतियोगिता हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।