ताजा अपडेट »

टर्कीको आक्रमणपछि सिरियाबाट लाखौं मानिस घर छोडेर हिँडे

शनिबार, २५ असोज २०७६, १० : १४
12 Shares

असोज २५,

उत्तरी सिरियाका करिब एक लाखभन्दा बढी मानिसहरुले घरबार छोडेका छन्। बिगत तीन दिनदेखि टर्कीले कुर्दिश लडाकुविरुद्ध आक्रमण सुरु गरेपछि मानिसहरुले घर छोड्न थालेका हुन्। संयुक्त राष्ट्रसंघको एक रिपोर्टअनुसार ११ जना आम नागरिक मारिएका छन् भने कैयौं कुर्दिश लडाकुहरु मारिएका छन्। टर्कीको आक्रमणपछि त्यहाँ इस्लामिक स्टेटले पनि फेरि विष्फोटका घटनाहरु थालेको छ।

कयौ मानिसहरु स्कूलहरुमा शरण लिइरहेका छन्। संयुक्त राष्ट्रसंघले सिरियाको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ। अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता गरेसँगै टर्कीले आक्रमण सुरु गरेको हो। टर्कीको यो आक्रमणप्रति अन्र्तराष्ट्रिय स्तरमा आलोचना भइरहेको छ। उसमाथि आर्थिक प्रतिबन्ध लगाउने तयारी पनि भइरहेको छ। टर्कीद्वारा सिरियामा चलाइएको सैनिक अभियानलाई लिएर यूरोपेली नेताहरूले आगामी हप्ता हुने यूरोपेली संघ (इयू) सम्मेलनमा प्रतिबन्धका बिषयमा छलफल गरिने फ्रान्सका इयू मामिला मन्त्री अमिली दे मन्टचालिनले बताएका छन्।

दे मोन्टचालिनले फ्रान्स इन्टर रेडियोस भने ‘पक्कै पनि इयूले टर्की्विरूद्ध प्रतिबन्धका लागि तयारी अवस्थामा छ। प्रस्ताव छलफलका लागि इयूमा दर्ता भैसकेको छ। यसबारे आगामी हप्ता यूरोपेली परिषद्मा छलफल हुने छ।’ उहाँले थपे, ‘अहिले कुनै बिषय पनि बन्द भएको छैन। सबै बिषय छलफलका लागि खुला छन् जतिवेला यूरोपेली नागरिकको प्रतिकुल तथा यूरोप क्षेत्रमा अस्थिरताविरोधी गतिविधि हुन्छन् यूरोपेली शक्ति शक्तिहीन बनेर बस्ने छैनन्।’ बिहीबार २८ सदस्यीय यूरोपेली समूहले संयुक्त विज्ञप्ति जारी गरी टर्कीलाई सिरियाको उत्तरी क्षेत्रमा सैन्य गतिविधि रोक्न आह्वान गरेको थियो । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।