१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

न्युयोर्क । एक अर्को देशका पत्रकारहरुको यात्रा सहज बनाउन अमेरिका र चीन सहमत भएका छन् । चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्टपति जो बाइडेनबीच भएको भर्चुअल संवादपछि दुबै देश एक अर्को देशमा जाने पत्रकारको यात्रा सहज बनाउन सहमत भएका हुन् । सहमतिसँगै दुबै देशका सञ्चारकर्मी निर्वाध आवत जावत गर्न पाउने भएका छन् । पत्रकारको यात्रा सहज बनाउन दुबै देशले एक वर्षदेखि वार्ता प्रयास गरेका थिए । दुबै देशका सरकारहरुले पत्रकारको भिसा अवधि तीनदेखि एक वर्षसम्म बढाउन सहमत भएका छन् ।
 
दुबै देशले सञ्चारकर्मीलाई एक अर्को देशमा जान र फर्किन अनुमति दिने प्रतिबद्धता जनाएका छन् । अमेरिकी विदेश मन्त्रालयले पछिल्लो सहमतिलाई स्वागत गर्दै त्यसलाई सम्बन्ध सुधारको प्रारम्भिक कदम भनेको छ । अमेरिकी र अन्य सञ्चार माध्यमहरुका लागि  निरन्तर काम गर्ने बताउदै मन्त्रालयले पहुँच विस्तारका लागि निरन्तर काम गर्ने जनाएको छ । 

गत फेब्रुअरीमा अमेरिकाले चीनका सरकारी सञ्चार माध्यमहरुलाई अमेरिकाले ‘विदेशी मिसन’ को रुपमा व्याख्या गर्ने निर्णय गरेको थियो । अमेरिकाले सिन्ह्वा समाचार संस्था र चाइना ग्लोबल टेलिभिजनलगायत पाँच सञ्चार माध्यमहरुलाई कुनै सामाग्री किन्नु अगाडि अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । अमेरिकी कदमको चीनले बिरोध गरेको थियो ।

त्यसको एक महिनापछि चीनले न्युयोर्क टाइम्स, वासिंंगटन पोस्ट, वाल स्ट्रिट जर्नललगायका मुख्य सञ्चार माध्यमहरुका  १३ पत्रकारलाई देश निकाला गरेको थियो । निस्काशन गरिएका पत्रकारलाई पुनः  अवसर दिने वा नदिने भन्ने बारेमा केही खुलाईएको छैन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार जोर-विजोर प्रणालीले झन् सास्ती