९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

पहिलो गन्तव्य नेपाल , सम्बन्धमा उचाइ थप्ने विश्वास

असोज २५,

Advertisement

काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले चिनफिङ दुईदिने नेपाल भ्रमणका क्रममा शनिवार काठमाडौँ आउँदै हुनुहुन्छ । विशेष विमानमार्फत उहाँ नेपाल आउनु हुँदा त्रिभुवन विमानस्थलमा उहाँलाई उच्च सम्मानका साथ स्वागत गरिनेछ । उहाँकै स्वागत र सुरक्षाका दृष्टिले करिब एक घण्टा विमानस्थलको उडान रोकिनेछ ।राष्ट्रपति सी अपराह्न राष्ट्रपति भवन शीतल निवास पुग्नुहुनेछ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति सीको विशेष स्वागत गर्नुहुनेछ । आफ्ना समकक्षी सीसँग राष्ट्रपति भण्डारीको शिष्टाचार भेटवार्ता हुने कार्यक्रम छ । शनिबार नै राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सीको स्वागतमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीसँग विशेष भेटवार्ता गर्नुहुनेछ । सोही अवसरमा राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा नेपाल चीनबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । त्यस्तै विभिन्न राजनीतिक दलका उच्च नेताले राष्ट्रपति सीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।चीनका राष्ट्रपति सी आइतबार स्वदेश फिर्ता हुने कार्यक्रम छ । उहाँ आफ्नो विशेष विमानबाट स्वदेश फिर्नुहुनेछ । नेपालमा रहँदा उहाँलाई राजकीय सम्मान प्रदान गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । “उच्च ‘भीभीआईपी’ पाहुना आउँदै हुनुहुन्छ”, परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भन्नुभयो, “उहाँको भ्रमणलाई सफल र मर्यादित बनाउन मन्त्रालय सक्रिय रहेको छ । ”

उहाँका अनुसार मन्त्रालयले सरकारी तवरमा गर्नुपर्ने सबै तयारी पूरा गरेको छ । “हामी पूर्ण तयारी अवस्थामा छौँ, राष्ट्रपति सीको भ्रमणका क्रममा नेपालका तर्फबाट पेस हुने कार्यसूचीमा मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखाले जिम्मेवारी निर्वाह गरेको छ”, पौडेलले स्पष्ट पार्नुभयो । महाशाखाका प्रमुख एवं सहसचिव कालीप्रसाद पोखरेलले समग्र कार्यसूचीमा मन्त्रालयले तयारी गरेको जानकारी दिनुभयो ।सुरक्षा तथा अन्य व्यवस्थापनमा खटिनुभएका सहसचिव कुमारराज खरेलले सीको स्वागतका लागि मन्त्रालयले कडा मेहनत गरिरहेको जानकारी दिनुभयो । “उच्च स्तरको राजनीतिक भ्रमण भएकाले हामी हरेक तवरबाट उत्कृष्ट बनाउन लागिपरेका छौँ,” उहाँले स्पष्ट पार्नुभयो ।

सम्बन्धमा उचाइ थप्ने विश्वास
गोरखापत्र दैनिकमा शुक्रबार प्रकाशित विशेष आलेखमा चीनका राष्ट्रपति सीले चीन र नेपाल एकआपसमा सम्मान र विश्वास गर्ने असल मित्र भएको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार शान्तिपूर्ण सहअस्तित्वका पाँचवटा सिद्धान्तका आधारमा दुवै पक्षले सफलतापूर्वक दुई देशबीचको सीमालाई रेखाङ्कित गरी हिमालयलाई दुई देशबीचको बलियो स्तम्भ बनाएका छन् ।दुवै पक्षले एक–अर्काको मुख्य चासोको विषयलाई दृढताका साथ समर्थन गर्ने सीले भन्नुभएको छ । त्यस्तै, उहाँले नेपाल चीन नीतिमा अडिग रहेको छ, त्यसको दृढताका साथ पालना गरेको छ र कुनै पनि शक्तिलाई नेपालको भूमि प्रयोग गरी चीनविरोधी गतिविधि सञ्चालन गर्न नदिएको भन्दै राष्ट्रपति सीले उच्च प्रशंसा गर्नुभएको छ । चीनले पनि राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, देशको अखण्डताको रक्षा गर्न र देशको अवस्थाअनुरूप विकास मार्ग अपनाउन नेपाललाई दृढतापूर्वक समर्थन गरेको जनाउनुभएको छ ।

राष्ट्रपति सीले विशेष आलेखमा चीन र नेपाल आपसी लाभ र हितका सहयोगका लागि असल साझेदार भएको प्रष्ट्याउनुभएको छ । “दक्षिण एसियामा नेपाल चीनको व्यापार तथा विकासको महìवपूर्ण साझेदार हो”, उहाँले लेख्नुभएको छ, “गतवर्षमा द्विपक्षीय व्यापार परिमाण एक/एक अर्ब अमेरिकी डलर पुगेको थियो । ” उहाँका अनुसार चीनले नेपालमा ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको थियो । नेपालले ‘बेल्ट एन्ड रोड’ पहलको निर्माणमा सक्रियताका साथ भाग लिइरहेको छ र राजमार्ग निर्माण तथा स्तरोन्नति, बन्दरगाह, विमानस्थल, विद्युत् केन्द्रलगायत भौतिक पूर्वाधारको निर्माणमा चीनसँग सहकार्य गर्दैछ । यसरी हिमालय वारिपारिको कनेक्टिभिटी नेटवर्कको निर्माण विस्तार हुँदैछ, जसबाट दुवै देश मात्र होइन, सम्पूर्ण क्षेत्र नै लाभान्वित हुनेछ ।

पहिलो गन्तव्य नेपाल
चीन र नेपाल एकअर्काबाट सिक्ने असल छिमेकी हुन् । लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक रसांस्कृतिक आदानप्रदानको प्रतीक बनेको उहाँले दृष्टान्त प्रस्तुत गर्नुभएको छ । दक्षिण एसियामा चिनियाँ नागरिकको छनोटको पहिलो गन्तव्य देश नेपाल हो । हाल प्रत्येक हप्तामा दुई देशबीचका लगभग ६० उडान छन् ।हरेक वर्षमा तीन लाखभन्दा बढी व्यक्तिले एकअर्काको देश भ्रमण गर्दछन् । हाम्रा दुई देशबीच ११ जोडी भगिनी सहर बनिसकेका छन् । दिन प्रतिदिन बढ्दो आदानप्रदानले दुई देशका जनताबीचको समझदारी बढाउनुका साथै दुई देशको विकास र प्रगतिमा प्रेरक शक्ति थपेका छन् ।

राष्ट्रपति सीले चीन र नेपाल एकअर्कालाई सहयोग गर्ने असल दाजुभाइ भनेर सम्बोधन गर्नुभएको छ । उहाँको आलेख अनुसार सन् २००८ मा चीनको सछ्वान प्रान्तको वेनछ्वानमा विनाशकारी भूकम्प गएपछि नेपाल सरकार र नेपाली जनताले सक्रियताका साथ पैसा र सामग्रीहरू प्रदान गरी चीनको भूकम्प राहत कार्यमा सहयोग पु¥याएका थिए । त्यसैगरी सन् २०१५ मा नेपालमा महाभूकम्प गएपछि चिनियाँ सरकार र जनताले तुरुन्तै ठूलो मात्रामा उद्धार कार्य प्रारम्भ गरी भूकम्पपश्चात्को पुनःनिर्माणमा पनि सहयोग पु¥याएका थिए । यी चीन र नेपालबीच रहँदै आएको भाइचाराका उत्कृष्ट उदाहरण भएको उहाँको ठभ्याइ छ ।

लक्ष्य प्राप्तिमा दृढ
वर्तमानमा नेपाल सरकार र जनता ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यप्राप्तिका लागि अघि बढिरहेका छन् भने चिनियाँ सरकार र जनता ‘दुईवटा सय वर्ष’ लक्ष्यप्राप्तिका लागि अगाडि बढिरहेका छन् । चिनियाँ र नेपाली जनताको सपना र भाग्यसँगै जोडिएको हुँदा यस युगमा हामी दुई देशले आपसी सहयोगलाई सुदृढ पार्दै उज्ज्वल भविष्यका लागि संयुक्त प्रयास गर्नुपर्दछ । एकसाथ रही हामीले गर्नुपर्ने कामहरू यी हुन् भनेर औँल्याउनुभएको छ ।

त्यस्तै उहाँले व्यावहारिक सहयोगको विस्तार गर्नु र दुवै पक्षले हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माणलाई सक्रिय रूपमा अगाडि बढाउनु पर्दछ ।चीनले चिनियाँ उद्यमीहरूलाई नेपालमा मुख्यतः व्यापार र लगानी, पुनःनिर्माण, ऊर्जा, पर्यटन यी चार क्षेत्रमा लगानी गर्न प्रेरित गरेको उल्लेख गर्नुभएको छ । “दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिई नेपालका विशिष्ट उत्पादनहरूलाई चीनमा निर्यात गर्न चीन नेपाललाई स्वागत गर्दछ”, उहाँले भन्नुभएको छ, “चीनले नेपाललाई पुनःनिर्माणका लागि सहयोगलाई निरन्तरता दिनेछ र नेपाली जनताको जीवनस्तर उकास्न सकेसम्म सहयोग प्रदान गर्नेछ । ”

ऐतिहासिक अवसर
चीनको पिपुल्स डेली पत्रिकालाई अन्तर्वार्ता दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दीऔँदेखि नेपाल र चीनले सुमधुर सम्बन्ध कायम राख्दै आएको बताउनुभएको छ । यो सम्बन्ध औपचारिक सम्बन्ध स्थापना हुनुभन्दा धेरै अगाडिदेखिकै रहेको उहाँले स्पष्ट पार्नुभएको छ । जसमा बहुआयामिक रूपमा आर्थिक, सामाजिक सांस्कृतिक र जनसम्बन्धको तहको कूटनीतिक विस्तार भने औपचारिक सम्बन्ध कायम भएपछि भएको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ ।

“हिमालय पर्वतको भौगोलिक अप्ठेरोपनमा पनि हामी दुई देशको सम्बन्ध सुमधुर र समन्वयात्मक रहेको छ”, भण्डारीले अन्तर्वार्तामा भन्नुभएको छ, “चीनले सधँै नेपालको सार्वभौमिकता, भौगोलिक एकता र राजनीतिक स्वतन्त्रताको द्विपक्षीय सम्बन्धका सिद्धान्तका आधारमा सधँै सम्मान गरेको छ । ”उहाँले राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाल चीनबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । लामो समयको अन्तरालमा हुन गइरहेको यस भ्रमणलाई नेपालले अत्यधिक महŒव दिएको प्रष्ट्याउनुभएको छ । “यो भ्रमण हाम्रा लागि ऐतिहासिक अवसर पनि हो”, भण्डारीले अगाडि भन्नुभएको छ, “यस्तो उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदा हाम्रो सम्बन्ध नयाँ तहमा विस्तार गर्न सघाउँछ । ”

भौतिक पूर्वाधारलाई अग्रता
चीनका राष्ट्रपति सीको भ्रमणका क्रममा दुई देशबीच हुने विभिन्न सम्झौतामा भौतिक पूर्वाधार निर्माणलाई अग्रता दिइनेछ । परराष्ट्र मन्त्रालयका अनुसार यसअघि भएका सम्झौता कार्यान्वयन तथा लगानीको टुङ्गोसहित थप सम्झौता गर्ने नेपाल र चीनको तयारी छ । त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेल्वे, सडक र विद्युतीय प्रसारण लाइनको निर्माण सम्झौतालाई विशेष ध्यान दिइने स्पष्ट पार्नुभएको छ ।

त्यस्तै, नेपाल र चीनबीच सम्बन्ध जोड्ने पहिलो राजमार्गको रूपमा रहेको अरनिको राजमार्गको स्तरोन्नति, रसुवागढी–छहरे–काठमाडौंँ सुरुङमार्ग, रेल्वे र सीमापार विद्युत् प्रसारणमा चिनियाँ लगानी भिœयाउने विषयमा थप छलफल र सहमतिका लागि नेपालले आग्रह गर्नेछ । उहाँका अनुसार उत्तर दक्षिण करिडोर, किमाथाङ्का र हिल्सा सडक करिडोर, सीमा व्यवस्थापन लगायतका विषय पनि कार्यसूचीको छलफलमा छ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार मकवानपुरमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि चीनले गर्ने आर्थिक सहयोगसम्बन्धी सम्झौता पनि कार्यसूचीमा छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणताका सन् २०१८ मा भएका सम्झौता अनुसार केरुङ काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार थप कार्यान्वयनका लागि यस भ्रमणका क्रममा थप छलफल हुनेछ । मन्त्रिपरिषद्ले नेपालको जलविद्युत् आयोजनामा चीनको लगानी रहने सम्झौता पनि प्राथमिकतामा राखेको जनाएको छ ।-गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन