१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

मुगु । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई आगलागी पीडितले तत्कालको लागि राहतसँगै पहिलो प्राथमिकता घरबासको व्यवस्था मिलाई दिन आग्रह गरेका छन् । बुधबार बिहान हेलिकप्टरमार्फत राहत ल्याएर सदरमुकाम गमगढी बजार आएका मुख्यमन्त्री शाहीलाई यहाँका पीडितले घरबासको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

Advertisement

कात्तिक २९ गते गमगढी बजारमा भीषण आगलागी भएसँगै पीडितहरू निकै चिन्तामा छन् । अग्नि पीडितले मुख्यमन्त्री शाहीलाई सरकारले राहतको लागि टेन्ट प्रदान गर्दा पनि आफूहरूले कहाँ गाडेर बस्ने भन्ने अवस्थामा रहेकाले वासस्थानको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

‘प्रदेश सरकारबाट राहत प्रदान होला । कहाँ खाने ? कहाँ राख्ने ?’, उनीहरूको प्रश्न छ । मुख्यमन्त्री शाहीसँगै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री चन्द्रबहादुर शाही बुधबार राहत ल्याएर गमगढीमा पुगेका थिए । तर, राहत वितरण भएन । सरकारबाट राहत कम मात्रामा ल्याइएपछि सबैलाई पुग्ने गरि पछि वितरण गरिने बताइएको छ । 

सोमबार साढे १२ बजे भएको आगलागीबाट २५ घरसहित बहालमा बस्ने ५५ गरी ८० घर परिवार विस्थापित भएका छन् । उनीहरूले आगलागी हुँदा  निभाउनलाई पानीसमेत नरहेको भन्दै मुख्यमन्त्री सामु आक्रोश पोखेका थिए । 

मुख्यमन्त्री शाहीले पीडितहरूसँग समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते