१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवल्दार शान्ता खत्रीले जागिर खाएको १६ वर्ष लागेको छ । जागिर खाने बेलामा उनले किनेको बिस्तरा जहाँ सरुवा हुन्छ, त्यहीँ लैजाँदै आएकी थिइन् । खत्री मात्र नभएर जिप्रकामा रहेका १७३ जना प्रहरीले सरुवासँगै बिस्तरा लैजाने बाध्यता रहेको थियो । बुधबार (आज)देखि भने यो बाध्यता अन्त्य भएको छ । कार्यालयले ‘एक जवान, एक बिस्तरा’ कार्यक्रम ल्याएपछि यहाँका प्रहरीले सुत्नका लागि आरामदायी बिस्तरा पाएका छन् ।

Advertisement

हरेक प्रहरीका लागि एक थान म्याट्रेस खरिद गरिएको छ । बुधबार कार्यालयका जवानदेखि सबै कर्मचारीलाई एक थान म्याट्रेस हस्तान्तरण गरिएको छ । कार्यालय प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले म्याट्रेस हस्तान्तरण गरेका थिए । साना दर्जाका कर्मचारी, खास गरी प्रहरी जवान तथा हवल्दारलाई लाभान्वित हुने गरी म्याट्रेस खरिद गरिएको थियो । प्रहरी कार्यालयमा कतै खाट नहुने, खाट भए पनि बिस्तरा राम्रो नहुने, जसका कारण सुरुमा खाटको व्यवस्था गरी बिस्तरा दिने योजना बनाएको कार्कीले बताए । 

म्याट्रेस पाएपछि चिसो मौसममा पनि प्रहरीहरू आरामदायी तरिकाले सुत्न सक्नेछन् । यस प्रकारका कार्यक्रम यस अगाडि जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय इटहरीमा लागू भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता धर्मराज भण्डारीले बताए । जिप्रका कास्कीमा कार्की र इप्रका इटहरीका भण्डारी प्रमुख हुँदा यो कार्यक्रम लागू भएको थियो । 

प्रहरी सरुवा हुँदा आफूले प्रयोग गरेका बिस्तरा बोकेर लैजानुपर्ने बाध्यता रहेकामा यो कार्यक्रम लागू भएपछि जिल्लामा आउने प्रहरीलाई सहज हुने भए पनि यहाँबाट सरुवा भएर जाने प्रहरीले भने बिस्तरा बोक्नुपर्ने बाध्यता कायम रहेको छ । अन्य युनिटमा भने बजेट नभएका कारण गर्न नसकिएको बताइएको छ । खरिद गरिएको म्याट्रेसको रकम कार्यालयभित्र च्यारिटी गरी उठाइने योजना छ । -न्यूज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते